शिक्षकको मर्यादामा आघात हुने जिम्मेवारी कार्यान्वयन गर्दैनौँ : नेपाल शिक्षक महासङ्घ
शुक्रबार, ०८ फागुन २०८२, २० : ५७
सारांश
- नेपाल शिक्षक महासंघले फागुन २१ गते हुने निर्वाचनमा शिक्षकलाई कनिष्ठ जिम्मेवारी दिएकोमा आपत्ति जनाएको छ।
- शिक्षकहरूलाई तह र श्रेणी अनुसारको जिम्मेवारी दिन आग्रह गर्दा पनि विभेद कायमै रहेको महासंघको भनाइ छ।
- महासङ्घले तह र मर्यादामा आघात पुग्ने गरी दिइएका जिम्मेवारी शिक्षकहरूले अस्वीकार गर्ने जनाएको छ।
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा शिक्षकहरूलाई तह र श्रेणी विचारै नगरी कनिष्ठ जिम्मेवारी दिइएको भन्दै आपत्ति जनाएको छ ।
महासङ्घले शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षकहरूलाई निर्वाचनमा खटाउँदा निजले अध्यापन गरिरहेको तह र श्रेणीलाई दृष्टिगत गरी सो अनुसार उपयुक्त जिम्मेवारी दिन बारम्बार आग्रह गरिएपनि अझै त्यस खालको विभेद गरिनु उचित नभएको बताएको छ ।
तह र श्रेणी एवम् मर्यादामा आघात हुने गरी दिएका जिम्मेवारी सम्पन्न (कार्यान्वयन) गर्न शिक्षकहरू बाध्य नहुने समेत जारी विज्ञप्तिमा उल्लेख छ ।
महासङ्घले यस विषयमा निर्वाचन आयोगसमक्ष गम्भीर हुन जोडदार माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी
-
एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा. जगदीशकुमार क्षेत्री
-
पहिरोको जोखिमपछि हेटौँडामै रोकिए काठमाडौँ जाने सवारीसाधन
-
ऊर्जामा निजी क्षेत्रका समस्या सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गरिने
-
‘फेस अफ नेपाल’को तेस्रो संस्करण हुँदै, साउन २ देखि अडिसन
-
काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढ्यो, थप खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण