१२३ थान अवैध भरुवा बन्दुक बरामद
सारांश
- बागलुङ प्रहरीले दुई महिनामा १२३ थान अवैध भरुवा बन्दुक बरामद गर्यो।
- प्रहरीले जंगल, ओडार, र मानिस नबस्ने ठाउँबाट बन्दुक फेला पार्यो।
- निर्वाचनलाई लक्षित गरी हातहतियार खोज्ने अभियान जारी रहेको छ।
बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले करिब दुई महिनाको अवधिमा १२३ थान अवैध भरुवा बन्दक बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानमाबाट भरुवा बन्दु बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाण्डेका अनुसार जिल्लाका विभिन्न जङ्गल, रुखको टोड्का, खोल्सा, मानिस नबस्ने घर गोठलगायतका ठाउँमा लुकाइछिपाई राखिएको अवस्थामा बन्दुक बरामद गरेको हो ।
आसन्न प्रतिनिधिसभाको निर्वाचनमा अवैध हातहतियारको दुरुपयोग भई निर्वाचन तथा सार्वजनिक शान्ति सुरक्षामा खतरा उत्पन्न हुन सक्ने भन्दै हातहतियार खोजतलास अभियान चलाएको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी युनिटबाट खटिएका विशेष अप्रेसन टोलीले स्थानीय नागरिकको सूचना तथा सहयोगमा इजाजतपत्र बिनाका भरुवा बन्दुक बरामद गरेको उनी बताउँछन् । शुक्रबार मात्रै काठेखोला गाउँपालिका–३ धम्जा सायकटेरास्थित जङ्गलमाबाट चार थान भरुवा बन्दु बरामद गरेको प्रहरी नायव उपरीक्षक पाण्डे बताउँछन् । उनले भने, “निर्वाचनलाई लक्षित गरी हातहतियार खोजी र बरामद अभियान नै चलाएका छौँ, छोटो सयमै धेरै हातहतियार बरामद गर्न सफल भयौँ, अझै पनि हाम्रो अभियान जारी रहेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण