कांग्रेसको प्रस्तावलाई दीपकराज जोशीले भने ‘जालसाजी’
सारांश
- स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले कांग्रेसले पदको प्रस्ताव गरेको हल्लालाई अस्वीकार गरे।
- जोशीले कांग्रेसको प्रस्तावलाई 'जालसाजीपूर्ण' भन्दै जनताको मतलाई सर्तसँग नबाँध्न आग्रह गरे।
- उनले पारदर्शिता, सिद्धान्त र जनविश्वासमा आधारित राजनीति हुनुपर्नेमा जोड दिँदै भ्रममा नपर्न आग्रह गरे।
तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले नेपाली कांग्रेसले आफूलाई विभिन्न पदको प्रस्ताव गरेको भनी फैलाइएको हल्लालाई पूर्णतः आधारहीन र भ्रमपूर्ण बताएका छन्। घरदैलो कार्यक्रमका क्रममा कांग्रेस नेता तथा उम्मेदवार स्वयंले जोशीलाई पार्टीमा भित्र्याउन भानु वा व्यास नगरपालिकाको मेयर तथा प्रदेश सांसदको जिम्मेवारी दिने प्रस्ताव गरेको भन्ने चर्चाप्रति उनले कडा आपत्ति जनाएका हुन्।
विज्ञप्ति जारी गर्दै जोशीले यस प्रकारको कुनै पनि औपचारिक वा अनौपचारिक प्रस्ताव र छलफल नभएको स्पष्ट पारेका छन्। विगतमा कांग्रेसले पार्टीका उम्मेदवारलाई जिताए मात्र आफ्नो भूमिकाबारे छलफल गर्ने भनी गरेको निर्णयलाई जोशीले ‘जालसाजीपूर्ण’ संज्ञा दिएका छन्।
जनताको मतलाई सर्तसँग बाँध्ने र व्यक्तिको राजनीतिक अस्तित्वलाई चुनावी परिणामसँग जोड्ने कार्य लोकतान्त्रिक अभ्यास नभई रणनीतिक दबाब मात्र भएको उनको तर्क छ। यस्तो लेनदेनको राजनीतिले कुनै पनि समस्याको निकास नदिने अठोट व्यक्त गर्दै उनले आफूलाई कुनै पनि पद वा अवसरको लोभ नभएको प्रस्ट पारेका छन्।
राजनीति छलकपट, झुटा आश्वासन र उधारो लेनदेनबाट नभई पारदर्शिता, सिद्धान्त र जनविश्वासमा आधारित हुनुपर्नेमा जोशीले जोड दिएका छन्। निर्वाचन नजिकिँदै जाँदा मतदातालाई अन्योलमा पार्न र भ्रम सिर्जना गर्न पुरानै विषय उचालेर प्रचार गरिएको उनको भनाइ छ।
आफू विगत २० वर्षदेखि स्वच्छ, वैकल्पिक र जनमुखी राजनीतिको लागि संघर्ष गरिरहेको बताउँदै उनले सत्य र सिद्धान्तको यो लडाइँ आगामी दिनमा पनि निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्। स्वतन्त्र उम्मेदवार जोशीले आफ्ना मतदाता र शुभचिन्तकहरूलाई यस्ता भ्रामक प्रचारबाट विचलित नहुन आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण