नागरिकका अधिकार स्थापित गर्न मेरो उम्मेदवारी : मिना खरेल
सारांश
- मिना कुमारी खरेलले चितवन क्षेत्र नम्बर २ मा स्थानीय समस्या समाधानलाई मुख्य एजेण्डा बनाइन्।
- उनले भौतिक विकास र नीतिगत सुधारका लागि संसदमा आवाज उठाउने प्रतिबद्धता जनाइन्।
- खरेलले मतदातालाई आफूमा विश्वास गर्न आग्रह गर्दै नागरिक अधिकारका लागि काम गर्ने बताइन्।
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी मिना कुमारी खरेलले स्थानीय जनताका आधारभूत समस्या समाधानलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएकी छन्। प्रेस युनियन चितवनले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै खरेलले आफू वर्षौँदेखि गरिब, असहाय, महिला र बालबालिकाको क्षेत्रमा क्रियाशील रहेकाले यस क्षेत्रका वास्तविक समस्यासँग नजिक रहेको दाबी गरेकी हुन् ।
उनले जनताका सुखदुःखमा सधैँ साथ रहेकाले यसपटक मतदाताले आफूलाई पूर्ण विश्वास गर्ने विश्वास व्यक्त गरेकी छन्। खरेलले आफू निर्वाचित भएमा चितवन–२ को भौतिक विकास मात्र नभई नीतिगत सुधारका पक्षमा समेत सशक्त आवाज उठाउने प्रतिबद्धता जनाइन्।
हाल कार्यान्वयनमा रहेका कतिपय ऐन, नियम र कानुनहरू विकास विरोधी र झन्झटिला रहेको उल्लेख गर्दै उनले संसद्मा त्यस्ता बाधाहरू हटाउन पहल गर्ने बताइन्। संविधानले नागरिकलाई दिएका मौलिक हक र अधिकारहरू अझै पनि व्यवहारमा लागू हुन नसकेको टिप्पणी गर्दै उनले आम नागरिकलाई अधिकारको अनुभूति दिलाउन आफ्नो उम्मेदवारी रहेको प्रस्ट पारिन्।
चितवन क्षेत्र नम्बर २ यसपटकको निर्वाचनमा देशकै सबैभन्दा धेरै चर्चामा रहेको क्षेत्रमध्ये एक हो। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अस्मिन घिमिरे र नेकपाका प्रताप गुरुङ जस्ता प्रतिस्पर्धीहरू चुनावी मैदानमा छन्। यो क्षेत्रमा १७ वटा राजनीतिक दलका प्रतिनिधि र ६ जना स्वतन्त्र उम्मेदवार गरी कुल २३ जनाले प्रतिस्पर्धा गरिरहेका छन्।
हेभिवेट र चर्चित उम्मेदवारहरूको भीडका बीच कांग्रेसकी खरेलले आफ्नो स्थानीय पकड र सामाजिक कार्यको अनुभवलाई नै जितको मुख्य आधार बनाएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण