ब्रिटिस गोर्खाली क्रिकेट लिगको टाइटल स्पोन्सर ब्रिज इन्टरनेशनल, खेल र शिक्षालाई सँगै लैजाने प्रतिबद्धता
सारांश
- ब्रिटिस गोर्खाली क्रिकेट लिग (बीजीसीएल) को मुख्य प्रायोजक ब्रिज इन्टरनेशनल बनेको छ।
- लन्डनमा आयोजित समारोहमा बेलायती क्रिकेट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
- बीजीसीएल बेलायतमा नेपाली खेलाडीहरूका लागि ४० ओभरको लिग हो।
काठमाडौँ। बेलायतको प्रतिष्ठित नेपाली क्रिकेट प्रतियोगिता ‘ब्रिटिस गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) को मुख्य प्रायोजक शैक्षिक परामर्श संस्था ‘ब्रिज इन्टरनेशनल’ बनेको छ । लन्डनस्थित लिटिल काठमाडौँमा आयोजित एक विशेष समारोहमा दुई संस्थाबिच यससम्बन्धी औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता हस्ताक्षर समारोहमा बेलायती क्रिकेट जगतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि तथा नेशनल एसियन क्रिकेट काउन्सिलका अध्यक्ष गुलफ्राज रियाज, ह्याम्पशायर क्रिकेट बोर्डका साइमन जोन्स र पूर्व इसिबी म्यानेजर पल बेडफोर्डले बेलायतमा नेपाली समुदायले क्रिकेटमार्फत पुर्याएको योगदानको प्रशंसा गरे । त्यसैगरी, केन्ट क्रिकेट फाउन्डेसनका क्रिष्टियन राइस, किदाशा फाउन्डेसनका निक ब्यारी र पोर्चुगल क्रिकेटका पूर्व कप्तान मधुकर थापाले पनि लिगको सफलताको कामना गरे ।
समारोहमा बोल्दै ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत भुवन गिरीले खेलकुद र शिक्षालाई परिपूरकका रूपमा अगाडि बढाउन यो सहकार्य महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । संस्थाका अध्यक्ष महेश गिरीले नेपाली मूलका खेलाडीहरूलाई एउटै व्यावसायिक मञ्चमा ल्याउन पाउनु गौरवको विषय भएको बताए ।
के हो बीजीसीएल ?
बीजीसीएल बेलायतमा नेपाली खेलाडीहरूलाई लक्षित गरी ४० ओभरको ढाँचामा सञ्चालन हुने पहिलो र एकमात्र लिग हो । हालसम्म पाँच सफल संस्करण सम्पन्न गरिसकेको यो लिग ह्याम्पशायर क्रिकेट बोर्ड र क्लब क्रिकेट कन्फरेन्ससँग आबद्ध छ ।
कार्यक्रममा राम धमालाले स्वागत मन्तव्य दिएका थिए भने ब्रिज इन्टरनेशनलका सीईओ गिरीले संस्थाको उद्देश्यबारे जानकारी गराएका थिए। बीजीसीएलका अध्यक्ष गम गुरुङले लिगको आवश्यकता र प्राविधिक पक्षबारे प्रस्तुति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026