बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रिमियर लिग

म्यानचेस्टर युनाइटेड विजयी, एभर्टन १–० ले पराजित

मङ्गलबार, १२ फागुन २०८२, ०४ : १८
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • मंगलबारको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई १-० गोलले पराजित गर्यो।
  • खेलको ७१ औं मिनेटमा बेन्जामिन सेस्कोले निर्णायक गोल गरे।
  • जितसँगै युनाइटेड तालिकाको चौथो स्थानमा उक्लिँदै ४६ अंक जोड्यो।

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत मंगलबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई १–० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक हात पारेको छ ।

खेलको एक मात्र निर्णायक गोल ७१ औं मिनेटमा बेन्जामिन सेस्कोले गरेका थिए । उनको उक्त गोल नै युनाइटेडको जितका लागि पर्याप्त बन्यो ।

यस जितसँगै युनाइटेड तालिकाको चौथो स्थानमा उक्लिएको छ । २७ खेलबाट उसले ४६ अंक जोडेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप