साम्बाको उपचारमा गणेश थापाको ५० हजार सहयोग, कतारसँग मन्त्रीस्तरमा पहल
सारांश
- एन्फाका पूर्वअध्यक्ष गणेश थापाले साम्बाको उपचारका लागि ५० हजार आर्थिक सहयोगको घोषणा गरे।
- थापाले साम्बाको उपचारका लागि परराष्ट्र, अर्थ र गृहमन्त्रीलाई पहल गर्न आग्रह गरे।
- एन्फाले साम्बाको उपचारमा बेवास्ता गरेको भन्दै थापाले आलोचना गरे।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि व्यक्तिगत पहल सुरु गरेका छन्। साम्बाको उपचारमा एन्फाले बेवास्ता गरेको भन्दै थापाले आफ्नो तर्फबाट तत्कालका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोगको घोषणा समेत गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै उनले एन्फा पन्छिए पनि साम्बाको उपचार हुने र उनलाई पुन: खेलमैदानमा फर्काएरै छाड्ने दाबी गरे। करिब एक हप्ताअघि साम्बाले आफूलाई फोन गरेर एन्फाले आफ्नो उपचार गर्न नसक्ने जानकारी दिएको थापाले खुलाएका छन्। साम्बाको त्यस्तो गुनासो र सामाजिक सञ्जालको स्टाटसले आफूलाई निकै भावुक बनाएको उल्लेख गर्दै उनले सारा नेपाली साम्बाको साथमा रहेको भन्दै चिन्ता नलिन ढाडस दिए।
साम्बाको फोनपछि आफूले व्यक्तिगत रूपमा परराष्ट्र, अर्थ र गृहमन्त्रीलाई साम्बाको पत्रसहित उपचारका लागि पहल गर्न अनुरोध गरेको थापाले बताए। सोही अनुरोधका आधारमा परराष्ट्रमन्त्रीले कतारका राजदूतलाई आफ्नै कार्यकक्षमा बोलाएर साम्बाको उपचारका लागि लिखित रूपमै आग्रह गरेको उनले जानकारी दिए। परराष्ट्रमन्त्रीले टेलिफोनमार्फत आफूलाई यसबारे जानकारी गराएको भन्दै थापाले मन्त्रीलाई धन्यवाद समेत दिए।
राष्ट्रिय टोलीको महत्त्वपूर्ण खेलाडी घाइते हुँदा र उपचारको खाँचो पर्दा सरोकारवाला निकाय एन्फाले सामान्य कूटनीतिक पहल समेत नगरेको भन्दै थापाले कडा आलोचना गरेका छन्। आफ्नै खेलाडीको उपचारका लागि राज्य संयन्त्रसँग समन्वय गर्न एन्फाले यतिसम्म पनि पहल नगरेको देख्दा आफू आश्चर्यमा परेको उनले उल्लेख गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण