बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम

मङ्गलबार, १२ फागुन २०८२, १४ : १०
मङ्गलबार, १२ फागुन २०८२

मकवानपुर । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि मकवानपुरको निर्वाचन क्षेत्र नं १ र २ का मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम दिन थालिएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन प्रक्रिया सञ्चालन गर्ने सम्बन्धि प्रशिक्षण दिन थालिएको हो ।

तालिममा जिल्लाका तीन सय ७४ मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन प्रक्रिया सञ्चालन गर्नेलगायत विषयमा तालिम दिइरहेको निर्वाचन अधिकृत कार्यालयका प्रमुख निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार ती सबै मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक स्तरका कर्मचारीलाई आजदेखि नै नियुक्तीपत्र हस्तान्तरढा गरिने छ।

अति दुर्गम भेगका मतदान केन्द्रमा फागुन १७ गते नै मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीलाई निर्वाचन सामाग्री, मतपत्र, मतपेटीका साथै सुरक्षा टोलीसहित पठाइने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताइन् ।

जिल्लाभर तीन सय ७४ मतदान केन्द्रमा दुई हजार २४४ कर्मचारी खटाइएको छ । दुवै क्षेत्रमा गरी विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा तीन लाख १५ हजार ३३५ मतदाता रहेका बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप