टिङटिङ र नेस्ट एसएमएसले सुरु गरे एआईबाट केवाईसी प्रमाणीकरण
काठमाडौँ । नेपालका डिजिटल प्लेटफर्महरू टिङटिङ र नेस्ट एसएमएसले प्रयोगकर्ताको पहिचान (केवाईसी) प्रमाणीकरण प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउन ’थर्ड फ्याक्टर एआई’ को प्रविधि भित्र्याएका छन्।
पछिल्लो समय डिजिटल क्षेत्रमा बढ्दै गएको स्पाम, अनधिकृत सन्देश र नक्कली पहिचानको जोखिमलाई न्यूनीकरण गर्न यी कम्पनीहरूले एआईमा आधारित अत्याधुनिक सुरक्षा प्रणाली अपनाएका हुन्।
थर्ड फ्याक्टर एआईले विशेष गरी नेपाली बजार र यहाँका कागजातहरूलाई सुहाउने गरी विकास गरेको यो प्रणालीले अनुहारको मिलान गर्ने, कागजात पढ्ने (ओसीआर) र सम्बन्धित व्यक्ति जीवितै रहेको सुनिश्चित गर्ने (लाइभनेस चेक) जस्ता काम सेकेन्डभरमै सम्पन्न गर्छ।
यसअघि टिङटिङले आफ्ना प्रयोगकर्ताको पहिचान खुलाउन कर्मचारीमार्फत म्यानुअल जाँच गर्ने गर्दथ्यो, जसले गर्दा सेवाग्राहीको सङ्ख्या बढ्दै जाँदा प्रक्रिया निकै ढिलो र झन्झटिलो हुने गरेको थियो। अब एआई प्रणाली लागू भएपछि प्रयोगकर्ताले आफ्नो फोटो र परिचयपत्र अपलोड गर्ने बित्तिकै तत्कालै प्रमाणीकरण हुने र सेवा लिन लाग्ने समयमा भारी कटौती हुने कम्पनीले जनाएको छ। त्यस्तै, नेस्ट एसएमएसले पनि आफ्नो बल्क एसएमएस सेवालाई सुरक्षित बनाउन र प्रयोगकर्तालाई छिटो जोड्न यो प्रविधिको सफल एकीकरण गरेको छ।
नेपालका ठूला बैंक र वित्तीय संस्थाहरूले एआईलाई अझै पनि परीक्षणकै चरणमा राखिरहेका बेला स्टार्टअप र नयाँ डिजिटल प्लेटफर्महरूले भने यसलाई व्यावहारिक रूपमै उतारेर सेवाको गति बढाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण