के सहकार्य गर्दैछन् अक्षय कुमार र अक्षरा ?
सारांश
- भोजपुरी अभिनेत्री अक्षरा सिंहले अक्षय कुमारसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिन्।
- अक्षराले पोस्ट गरेको तस्बिरमा उनी र अक्षय कुमार सँगै देखिएका छन्, जसले प्रशंसकहरूलाई उत्सुक बनाएको छ।
- प्रशंसकहरूले उनीहरू कुनै फिल्म वा गीतमा सँगै आउँदैछन् कि भनेर विभिन्न अनुमान लगाएका छन्।
मुम्बई । भोजपुरी फिल्मकी अभिनेत्री अक्षरा सिंह अक्सर चर्चामा रहन्छिन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय उनका फिल्म र गीत समेत चर्चामा रहन्छ । अहिले भने उनी बलिउड सुपरस्टार अक्षय कुमारसँगको एक तस्बिरका कारण चर्चामा छिन् । जुन तस्बिर उनी आफैले शेयर गरेकी हुन् । जसलाई देखेर फ्यानहरूले यी दुई स्टार चाँडै नै सँगै देखिन लागेको हो भनेर प्रश्न गरेका छन् ।
अक्षराले आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउन्टबाट अक्षय कुमारसँगको तस्बिर पोस्ट गरेकी हुन् । तस्बिरमा उनी नीलो रङको पहिरनमा छिन् भने अक्षय कुमार हरियो सर्ट र टोपीमा देखिएका छन् । तस्बिरको क्याप्सनमा लेखिएको छ, ‘जब खेलाडीको भेट मृगनयनीसँग हुन्छ। र, कथा अझै बाँकी छ। ठूलो सरप्राइज लोड भइरहेको छ ।’ पोस्ट उनले अक्षय कुमारलाई पनि ट्याग गरेकी छिन् ।
उनको पोस्टमा फ्यानहरूले निकै चासो देखाएका छन् । प्रयोगकर्ताहरूले विभिन्न अनुमानहरू लगाइरहेका छन् । केहीले उनीहरू कुनै फिल्ममा सँगै देखिन लागेको हो कि भनेर अनुमान गरेका छन् । कतिपयले नयाँ गीतको लागि सहकार्य हुन लागेको अनुमान गरेका छन् ।
एक प्रयोगकर्ता लैख्छन्, ‘भोजपुरी र बलिउडको साझेदारी । अर्का एक लैख्छन्, ‘केही त पाक्दैछ ।’
उनी हालै आफ्नो होली विशेष गीत ‘होली पे चले गोली’ का कारण पनि चर्चामा छिन् । उक्त गीतमा उनी बलिउड अभिनेता वरुण शर्मासँग देखिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण