त्रिभुवन विमानस्थलबाट अवैध विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
सारांश
- त्रिभुवन विमानस्थलमा अवैध विदेशी मुद्रासहित एक स्वीडिस नागरिक पक्राउ परेकी छिन्।
- विमानस्थल सुरक्षा जाँचका क्रममा ५१ वर्षीया कुन्चोक खाण्ड्रोलाई विभिन्न देशका मुद्रासहित नियन्त्रणमा लिइयो।
- पक्राउ परेकी खाण्ड्रोको साथबाट १० हजार ५ सय अमेरिकी डलर, २६ हजार ७ सय युरो लगायत बरामद गरियो।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँचका क्रममा ठूलो परिमाणको अवैध विदेशी मुद्रासहित एक जना विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिचुवान एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट चीन जान लागेकी ५१ वर्षीया स्वीडिस नागरिक कुन्चोक खाण्ड्रो मंगलबार बिहान पक्राउ परेकी हुन् ।
उनले आफ्नो झोलामा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा विभिन्न देशका मुद्राहरू फेला पारिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले नियमित जाँच गर्ने क्रममा उनको गतिविधि शंकास्पद देखिएको थियो ।
खानतलासी गर्दा उनको साथबाट १० हजार ५ सय अमेरिकी डलर, २६ हजार ७ सय युरो, ७ हजार ४ सय चाइनिज युआन र ४३ हजार स्विडिस क्रोनर बरामद भएको छ । नेपालको कानुनअनुसार अनुमतिविना तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा लुकाइछिपाइ लैजानु गैरकानुनी मानिन्छ ।
पक्राउ परेकी खाण्ड्रोलाई बरामद मुद्रासहित थप अनुसन्धान र कानुनी कारबाहीका लागि ललितपुरको हरिहरभवनस्थित राजस्व अनुसन्धान विभाग पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण