आजपा अध्यक्ष साहको पक्षमा भोट माग्दै विश्वेन्द्र पासवान
सारांश
- बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले प्रभु साहलाई प्रधानमन्त्री बनाउन मतदानको अपिल गरे।
- पासवानले साहको विकास कार्यको प्रशंसा गर्दै उनलाई मुलुक बनाउने जिम्मेवारी दिनुपर्ने बताए।
- पासवानले प्रभु साहलाई पिछडिएको वर्ग, दलित र अल्पसंख्यकको नेताको रूपमा चित्रण गरे।
काठमाडौँ । बहुजन शक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह देशको प्रधानमन्त्री बन्नु पर्ने नेता भएका तर्क गर्दै सबैलाई मोवाइल छापमा मतदान गर्न अपिल गरेका छन् ।
रौतहट पुगेका पासवानले साहको विकासको कामको प्रशंसा गर्दै अब मुलुक बनाउने जिम्मेवारी दिनुपर्ने जिकिर गरे ।
प्रभु साह देशको प्रधानमन्त्री बन्ने उम्मेदवार पनि हो भन्दै पासवानले भनेका छन, ‘आमूल परिवर्तन चाहनेहरु आज चुनावी मैदानमा आईसकेका छन् । अब चुनावको समय नजिकै आईसकेको छ । प्रभु साह पिछडिएको वर्ग, दलित र अल्पसंख्यक, मुसलमान सबैको नेता हो । पूरा देशले उहाँलाई मानेको छ, सम्मान गरेको छ । संविधान संशोधन गर्नको लागि पनि मोवाइल छापवाहक उम्मेदवारलाई जिताएर पठाउनुहोस । प्रभु साहजी यो रौतहटवासीको मात्रै नभएर उहाँ पूरा देशको भाग्य हो । उहाँलाई सम्मानका साथ भारी मतले जिताएर पठाउनुहोस । उहाँ यो देशको प्रधानमन्त्रीको पनि उम्मेदवार हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण