चार अमर प्राज्ञलाई 'नइ प्रज्ञा पुरस्कार'
काठमाडौँ । नइ एकेडेमीले चार जना अमर प्राज्ञलाई ’नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । अमर प्राज्ञहरू महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, प्रा.शिवगोपाल रिसाल, प्रा.डा.चूडामणि बन्धु र प्रा.डा.दयाराम श्रेष्ठलाई जनही पचास पचास हजार रुपियाँ राशिसहित ’नइ प्रज्ञा पुरस्कार’बाट विभूषित गरिने भएको हो ।
त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान र सिर्जनाका माध्यमबाट नेपाली भाषासाहित्यको श्रीवृद्धिमा ऐतिहासिक एवम् कालजयी योगदानका लागि उहाँहरूलाई सो पुरस्कार समर्पण गर्न लागिएको हो ।
’नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा समेत उहाँहरूको विशिष्ट भूमिका रहेको छ । महासमालोक प्रा.त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा नइ एकेडेमीले २०८२ साल चैत २७,२८ र २९ गते ’नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने भएको छ । सोही अवसरमा यी पुरस्कार समर्पण गरिने छन् ।
नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण