च्याम्पियन्स लिगमा एटलान्टाको सानदार पुनरागमनः डर्टमन्डलाई ४–१ ले हराउँदै अघिल्लो चरणमा प्रवेश
सारांश
- च्याम्पियन्स लिग प्ले–अफमा एटलान्टाले डर्टमन्डलाई ४–१ गोलले पराजित गर्यो।
- पहिलो लेगमा पछि परेको एटलान्टाले समग्रमा ४–३ को जितसहित अर्को चरणमा स्थान बनायो।
- एटलान्टाका जियानलुका स्कामाका, डेभिड जापाकोस्टा, मारियो पासालिच र लाजर सामार्जिकले गोल गरे।
काठमाडौँ । नेपाली समयअनुसार बुधाबर राति सम्पन्न च्याम्पियन्स लिगको प्ले–अफ अन्र्तगत दोस्रो लेगमा एटलान्टाले डर्टमन्डमाथि ४–१ को सानदार जित दर्ता गरेको छ । पहिलो लेगमा २–० ले पछि परेको एटलान्टाले घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्दै समग्रमा ४–३ को जितसहित प्रतियोगिताको अर्को चरणमा स्थान सुरक्षित गरेको हो ।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको एटलान्टाका लागि जियानलुका स्कामाकाले खेलको ५ औँ मिनेटमै पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा डेभिड जापाकोस्टाले गोल गर्दै एटलान्टाको अग्रता दोब्बर बनाए र समग्रमा खेललाई बराबरीमा ल्याए ।
दोस्रो हाफमा पनि एटलान्टाले आफ्नो दबाब कायम राख्यो । खेलको ५७ औँ मिनेटमा मारियो पासालिचले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । यद्यपि, खेलको ७५ औँ मिनेटमा डर्टमन्डका करिम एडेयेमीले गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए ।
तर, खेलको अन्तिम समयमा डर्टमन्ड थप दबाबमा आयो । अतिरित्त सयमा रामी बेन्सेबाइनीले रातो कार्ड पाएपछि डर्टमन्ड १० खेलाडीमा सीमित भयो । त्यसको लगत्तै प्राप्त पेनाल्टीलाई लाजर सामार्जिकले गोलमा परिणत गर्दै एटलान्टाको ४–१ को जित सुनिश्चित गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण