पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु
बिहीबार, १४ फागुन २०८२, १० : ०३
सारांश
- पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
- रैनादेवी छहरा गाउँपालिकामा भएको दुर्घटनामा चालक २०० मिटर तल खसेका थिए।
- घाइते चालकलाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरियो।
बुटवल । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आज बिहान रैनादेवी छहरा गाउँपालिका–१ स्थित भित्री कच्ची सडक खण्डमा दुर्घटना भएको हो।
सिद्देश्वरबाट सन्देवातर्फ जाँदै गरेको लु २ ख २००१ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी बस्ने ४८ वर्षीय खिमबहादुर सोमईलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण