बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचनको मुखमा देउवा दम्पती नै मुलुक बाहिर

बिहीबार, १४ फागुन २०८२, १० : ३८
बिहीबार, १४ फागुन २०८२

सारांश

  • निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि सिंगापुर गएका छन्।
  • देउवा पत्नी आरजु राणा देउवा भने भारतमा विभिन्न मठ मन्दिरको भ्रमणमा छिन्।
  • देउवा निकट स्रोतका अनुसार उनी निर्वाचनअघि नै फर्किने तालिका रहेको छ।

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन नजिकिएका बेलामा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा तथा देउवा पत्नी कांग्रेस नेतृ डा. आरजु राणा देउवा मुलुक बाहिर छन् । आरजु विगत ५ दिनदेखि दक्षिणी छिमेकी राष्ट्र भारत भ्रमणमा छिन् भने देउवा बुधबार राति स्वास्थ्योपचारको फलोअपका लागि सिंगापुर उडेका छन् ।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आन्दोलनकारीको आक्रमणमा परेर गम्भीर घाइते भएका देउवा स्वास्थ्योपचारका लागि कात्तिक १० गते सिंगापुर गएका थिए । त्यो बेला १८ दिन उपचार गरेर कात्तिक २८ गते नेपाल फर्किएका देउवा फेरि फलोअपका लागि सिंगापुर उडेको उनी निकट स्रोतले जानकारी दिएको छ । 

यता देउवा पत्नी आरजु भने विभिन्न मठ मन्दिरमा पुजाँआजाका लागि विगत ५ दिनदेखि भारत भ्रमणमा छिन् । उनको भारतको उज्जेनमा अवस्थित महाकालेश्वर मन्दिमा दर्शन गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा आएको छ । उनी अझै ५ दिनजति भारतमै रहने निकट स्रोतले जानकारी दियो । 

बाहिर निर्वाचन छल्नका लागि विदेश उडेको चर्चा परिचर्चा भए पनि देउवानिकट स्रोत भने निर्वाचन अघि नै फर्कने तालिका छ ।   

देउवा र उनी निकट नेताहरूको असहमतिबीच गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चुनिएका थिए । त्यो विशेष महाधिवेशनलाई देउवा, डा. शेखर कोइराला र उनीहरूको समूहले स्वीकारेको छैन । विशेष महाधिवेशन विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । 

सर्वोच्चमा विशेष महाधिवेशन विधानसम्मत नभएको भन्दै मुद्दा दायर गरेकाले देउवासहितका नेताहरू चुनावी प्रचारप्रसारमा पनि गएका थिएनन् । 

अहिले सिंगापुर उडेपछि असहयोग गर्न उठेको रूपमा चर्चा परिचर्चा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप