जाँचबुझ आयोगको प्रतिवेदन सार्दै लानु गलत : प्रचण्ड
बिहीबार, १४ फागुन २०८२, १६ : २०
सारांश
- प्रचण्डले जनआन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन समयमै आउनुपर्ने बताए।
- उनले आयोगको प्रतिवेदन ढिलासुस्ती र चुनावपछि सार्ने कुरालाई अस्वीकार गरे।
- प्रचण्डले दोषीलाई कारबाही गर्नुपर्ने र समयमै प्रतिवेदन आउनुपर्नेमा जोड दिए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन समयमै आउनुपर्ने बताएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा जवाफ दिँदै अध्यक्ष प्रचण्डले आयोगको प्रतिवेदन समयमै आउनुपर्ने बताएका हुन् ।
‘आयोगको प्रतिवेदन समयमै आउनुपर्थ्यो, एक पटक सार्यो, दुई पटक पनि सार्यो मान्न सकिन्थ्यो । तर अब लास्टमा चुनावपछि भन्ने गलत भएको छ’, प्रचण्डले भने, ‘जो सुकै भए पनि दोषी ठहर गरेर कारबाही अगाडि बढाउनुपर्थ्यो । यो ढिलासुस्ती गर्ने र समय सार्दै चुनावपछि पुर्याउने कुरा सही छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण