शक्ति बस्नेत र निकोलस भुसाललाई २५ हजार रुपैयाँ जरिवाना
सारांश
- निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा निर्वाचन आयोगले दुई उम्मेदवार र एक राजनीतिक दललाई जरिवाना गरेको छ।
- आयोगले स्पष्टीकरण चित्तबुझ्दो नभएपछि जरिवाना तिराउने निर्णय गरेको र देशभरबाट ३०० उम्मेदवारलाई स्पष्टीकरण सोधिएको छ।
- सञ्चार माध्यमबाट आचारसंहिता उल्लङ्घन भए प्रेस काउन्सिललाई कारबाही गर्न पत्राचार गरिएको छ।
काठमाडौं । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले दुई जना उम्मेदवार र एक राजनीतिक दललाई नगद जरिवाना गर्ने निर्णय गरेको छ। केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत, स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाल र श्रम शक्ति नामक राजनीतिक दललाई जनही २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो।
आयोगले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि उनीहरूलाई कारबाही स्वरूप जरिवाना तिराउने निर्णय भएको निर्वाचन आयुक्त सगुन समशेर जबराले जानकारी दिए। बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आयुक्त जबराले आचारसंहिता विपरीत कार्य गर्ने जोकोहीलाई प्रमाणका आधारमा कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे। आयोगले दुई जना कर्मचारीलाई सचेत गराउनुका साथै आचारसंहिताको ख्याल नगरी जागिरबाट निकालिएका एक संस्थानका कर्मचारीलाई तत्काल पुनर्वहाली गर्न समेत निर्देशन दिएको छ।
हालसम्म देशभरबाट झण्डै ३ सय जना उम्मेदवारलाई आचारसंहिता उल्लङ्घनको विषयमा स्पष्टीकरण सोधिएको छ। जसमध्ये केन्द्रीय निर्वाचन आयोग आफैँले ८२ जनासँग जवाफ मागेकोमा ५७ जनाले स्पष्टीकरण बुझाइसकेका छन् भने ६ जनाको जवाफ चित्तबुझ्दो नभएपछि पुनः स्पष्टीकरण सोधिएको छ। मुलुकभरबाट आयोगमा ३ सयभन्दा बढी उजुरी प्राप्त भएको र तीमाथि छानबिन भइरहेको आयुक्त जबराले बताए।
यसैबीच सञ्चार गृह तथा सञ्चारकर्मीहरूबाट भएको आचारसंहिता उल्लङ्घनका घटनामा कारबाही गर्न आयोगले प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ। काउन्सिलले प्रभावकारी कदम नचालेमा आयोग आफैँ सक्रिय भएर कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण