देशभर नेकपाको पक्षमा जनलहर छ: पूर्व प्रधानमन्त्री खनाल
सारांश
- झलनाथ खनालले देशभर नेकपाको पक्षमा जनलहर बढेको बताए ।
- उनले नेकपाको स्पष्ट दृष्टिकोण र क्षमताले जनताको विश्वास जितेको बताए ।
- उनले पार्टीलाई निर्वाचनमा पहिलो बनाउन र शान्ति सुरक्षा कायम गर्न जोड दिए ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले हाल देशभर नेकपाप्रति पार्टीको पक्षमा जनलहर बढेको बताएका छन् ।
पार्टीको काठमाडौँ निर्वाचन क्षेत्र नं ८ परिचालन कमिटीद्वारा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको विकास र जनताको समृद्धिको चाहना पूरा गर्ने प्रस्ट दृष्टिकोण नेकपासँग भएकाले उनीहरूको आकर्षण र विश्वास पार्टीप्रति देखिएको बताए ।
देशमा नेतृत्व राम्रो ढङ्गले विकास हुन नसक्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको प्रभाव बढ्दै गएको बताउँदै पूर्वप्रधानमन्त्री खनालले मुलुकलाई देशी–विदेशीहरूको क्रिडास्थल बन्नबाट रोक्न सक्ने सामर्थ्य नेकपासँग रहेको उल्लेख गरे ।
मुलुक आर्थिक समृद्धितर्फ अगाडि बढाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउँदै उहाँले नेकपाका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । मुलुकमा विद्यमान सबै प्रकारका सङ्कटको समाधान गर्न आफ्नो पार्टी सक्षम रहेकाले निर्वाचनमा पहिलो पार्टी बनाउनुपर्ने उनको भनाइ थियो ।
जेन्जी आन्दोलनका क्रममा लुटिएका हतियार तथा भागेका बन्दी पक्राउ हुन नसकेका कारण शान्ति, सुरक्षाको समस्या रहेको उल्लेख गर्दै नेता खनालले निर्वाचनका क्रममा विभिन्न खालका अशान्तिको वातावरण बन्ने चुनौतीप्रति सतर्क रहनुपर्नेमा जोड दिए ।
देशको स्वतन्त्रता, सार्वभौमसत्ता, लोकतन्त्रको संस्थागत विकास, सुशासन सामाजिक रूपान्तरण, संस्कृतिको जगेर्ना र सन्तुलित विदेश नीतिप्रति पार्टी प्रतिबद्ध रहेको बताउँदै उनले देशभर पार्टीप्रति देखिएको जनलहरलाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुर्याउन नेता तथा कार्यकर्ताले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
पार्टीका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का उम्मेदवार सुमन सायमीले आसन्न निर्वाचनमा जनता सशङ्कित भएर हेरिरहेको अवस्थामा भयरहित, निष्पक्ष र स्वतन्त्र रूपमा चुनाव सम्पन्न गराउन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण