शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

केपी ओलीको हारजित देशको भविष्यसँग जोडिन्छ : देवप्रकाश त्रिपाठी

शनिबार, १६ फागुन २०८२, ०७ : ५४
शनिबार, १६ फागुन २०८२

सारांश

  • वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले झापा ५ को निर्वाचन देशको पक्ष र विपक्षबीचको लडाइँ भएको बताए।
  • उनले केपी शर्मा ओलीको राष्ट्रियता र देशको सार्वभौमिकताको योगदान अतुलनीय रहेको उल्लेख गरे।
  • त्रिपाठीले बालेन शाहलाई कटाक्ष गर्दै अदृश्य शक्तिले ओलीलाई हराउन खोजेको आरोप लगाए।

काठमाडौँ । वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक देवप्रकाश त्रिपाठीले आसन्न निर्वाचनमा झापा ५ मा केवल एक व्यक्तिको नभई देशको पक्ष र विपक्षबिच लडाइँ भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा एक लामो स्ट्याटस लेख्दै त्रिपाठीले एमाले अध्यक्ष केपी शर्मा ओलीका केही व्यक्तिगत कमजोरी भए पनि राष्ट्रियता र देशको सार्वभौमिकताको पक्षमा उनले पुर्‍याएको योगदान अतुलनीय रहेको बताएका छन्। उनले प्रश्न व्यक्तिको जित–हारको नभई सत्ताको साँचो देशको पक्षमा राख्ने कि परायाका चौकीदारलाई सुम्पिने भन्ने रहेको जिकिर गरेका छन्।

त्रिपाठीले झापामा ओलीविरुद्ध खडा भएका उम्मेदवार बालेन शाहप्रति नाम नलिइकनै कडा टिप्पणी गरेका छन्। उनले 'सिंहदरबार जलाएको'  र कुनै उज्यालो पृष्ठभूमि नभएका 'रुखो कलाकार'लाई ओली जस्ता विकासप्रेमी नेतासँग प्रतिस्पर्धामा उतार्नु रहस्यमय रहेको बताएका छन्। उनले यसलाई 'अदृश्य शक्ति'को खेल हुनसक्ने संकेत गर्दै झापाका जनताले ओलीलाई नै जिताउने विश्वास व्यक्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप