इरानमा इन्टरनेट लगभग ठप्प
सारांश
- नेटब्लक्सका अनुसार इरानमा इन्टरनेट लगभग ठप्प भएको छ र राष्ट्रिय कनेक्टिभिटी ४ प्रतिशतमा झरेको छ।
- इजरायलसँगको युद्ध र सरकार विरोधी प्रदर्शन दबाउन अपनाइएका उपायहरू यस अवस्थासँग मिल्दोजुल्दो छन्।
- इजरायली स्रोतका अनुसार इरानमाथि थप आक्रमण जारी रहन सक्ने तयारी भइरहेको छ।
तेहरान । इरानभर इन्टरनेट लगभग ठप्प भएको अनलाइन स्वतन्त्रता निगरानी संस्था नेटब्लक्सले जनाएको छ । संस्थाका अनुसार देशको राष्ट्रिय कनेक्टिभिटी सामान्य अवस्थाको करिब ४ प्रतिशतमा झरेको छ ।
नेटकब्लक्सले आफ्नो टेलिग्राम पोस्टमा लेखेको छ, ‘नेटवर्क तथ्याङ्कले देखाउँछ कि इरान अहिले करिब पूर्ण इन्टरनेट ब्ल्याकआउटको अवस्थामा छ ।’ संस्थाले यो अवस्था अमेरिका र इजरायलको सैन्य कारबाही चलिरहेका बेला आएको र गत वर्ष इजरायलसँगको युद्धका समयमा अपनाइएका उपायसँग मिल्दोजुल्दो रहेको उल्लेख गरेको छ ।
यसअघि जनवरी महिनाको सरकारले सरकार विरोधी विरोध प्रदर्शन दबाउन अनलाइन सञ्चारमा कडाइ गरेपछि अधिकांश समय पनि इरानीहरूले इन्टरनेट प्रयोग गर्न सकेका थिएनन् ।
यसैबिच, एक इजरायली स्रोतले आगामी केही दिन आवश्यक परे इरानमाथि अझ बढी आक्रमण जारी रहने तयारी भइरहेको जनाएको छ । अमेरिकी स्रोतहरूका अनुसार अमेरिकी सेना पनि थप दिनसम्म आक्रमणका लागि तयारी अवस्थामा छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै आक्रमण विशाल र जारी रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
-
दोस्रो हाफ सुरुः साबिक विजेता अर्जेन्टिना दबाबमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण