१० बजे १० समाचार : इरानमा अमेरिका र इजरायलको आक्रमणपछि विश्वभर तरङ्ग, नेपालद्वारा एडभाइजरी जारी
काठमाडौँ । आज मिति २०८२ साल फागुन महिनाको १६ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. इरानमा आक्रमणपछि मध्यपूर्वमा तनाव
अमेरिका र इजरायलले इरान विरुद्ध आक्रमण गरेपछि मध्यपूर्वमा तनाव सुरु भएको छ । शनिबार अमेरिका र इजरायलले आक्रमण गरेपछि इरानले पनि मध्यपूर्वमा विभिन्न देशमा रहेका अमेरिकी सैन्य बेसक्याम्पमाथि आक्रमण सुरु गरेको छ ।
२. मध्यपूर्वतर्फका उडान स्थगित
अमेरिका र इजरायलले इरानविरुद्ध आक्रमण गरेपछि मध्यपूर्वमा हवाई उडान प्रभावित भएको छ । मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चिन्ताका कारण विश्वका प्रमुख एयरलाइन्सहरूले सो क्षेत्रतर्फका उडानहरू डाइभर्ट र रद्द गरेका हुन् ।
३. मध्यपूर्व तनाव : विश्वका नेताहरुले के भने ?
इरानमाथि अमेरिका र इजरायलले गरेका हवाई आक्रमणलाई लिएर विश्वभरका नेताहरूले प्रतिक्रिया दिइरहेका छन् । केही नेताहरूले आजको घटनाले क्षेत्रीय अस्थिरता बढाउन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
४. मध्यपूर्व तनाव : नेपालका नेताहरुले के भने ?
इरानमाथि अमेरिका र इजरायलले गरेका हवाई आक्रमणपछि मध्यपूर्वमा बढ्दो तनावलाई लिएर नेपालका नेताहरु पनि चिन्ता व्यक्त गरेका छन् । खासगरी खाडी मुलुकमा रहेका नेपालीहरुलाई सतर्क र सजग रहन उनीहरुले आग्रह गरेका छन् ।
५. चुनावी चर्चा
६. शनिबार विशेष
७. कांग्रेसले भोलि ६ वटा चुनावी सभा गर्ने
नेपाली कांग्रेसले भोलि काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने भएको छ । चुनावी सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन् ।
८. इजरायलमा नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह
मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रम र बढ्दो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै इजरायलको तेल अविवस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
९. पेट्रोलियम पदार्थको मूल्य यथावत्
नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा बढेर आएको खरिद मूल्यका बाबजुद पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ ।
१०. निर्वाचनको तयारी अन्तिम चरणमा
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्याइसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण