अमेरिकी नागरिकको रक्षाका लागि इरानमाथि हमला : राष्ट्रपति ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि गरिएको संयुक्त सैन्य आक्रमणको बचाउ गर्दै यसलाई अमेरिकी जनताको रक्षाका लागि चालिएको कदम बताए।
- इजरायल र अमेरिकाले इरानमा संयुक्त सैन्य कारबाही गर्दै इरानको राजधानी तेहरानमा श्रृङ्खलाबद्ध विस्फोट गराए।
- इजरायली रक्षामन्त्रीले यसलाई पूर्व-सतर्कता आक्रमण भन्दै इजरायलभर संकटकालको घोषणा गरे।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गरिएको संयुक्त सैन्य आक्रमणको बचाउ गर्दै यसलाई ‘अमेरिकी जनताको रक्षाका लागि चालिएको कदम’ भएको बताएका छन्। उनले इरानी शासनबाट हुन सक्ने आसन्न खतराहरू समाप्त पार्नका लागि अमेरिका र इजरायलले यो संयुक्त कारबाही गरेको स्पष्ट पारेका हुन्।
आक्रमणको केही समयपछि सम्बोधन गर्दै ट्रम्पले भने, ‘केही समयअघि अमेरिकी सेनाले इरानमा ठूलो सैन्य अभियान सुरु गरेको छ। हाम्रो उद्देश्य इरानी शासनको खतरालाई जरैदेखि उखेलेर अमेरिकी नागरिकहरूको सुरक्षा गर्नु हो।’
यता, इजरायलले इरानमाथि मिसाइल प्रहार गरेको पुष्टि गरिसकेको छ भने अमेरिकी अधिकारीहरूले पनि यसमा आफ्नो प्रत्यक्ष सहभागिता रहेको जनाएका छन्। इरानको राजधानी तेहरानमा श्रृङ्खलाबद्ध ठूला विस्फोटका आवाजहरू सुनिएका छन्।
यसैबिच, इजरायली रक्षामन्त्री इजरायल काट्जले यसलाई पूर्व-सतर्कता आक्रमण भन्दै सम्भावित जवाफी हमलालाई मध्यनजर गर्दै इजरायलभर संकटकालको घोषणा गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण