इरानमाथिको कारबाहीमा अमेरिकी जनधन क्षति हुनसक्ने ट्रम्पको चेतावनी
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य कारबाहीका क्रममा अमेरिकी सैनिकको ज्यान जान सक्ने चेतावनी दिएका छन्।
- ट्रम्पले इरानी शासनले अमेरिकी सैनिकलाई मार्न सक्ने र क्षति पुर्याउन सक्ने बताएका छन्, तर यो भविष्यको लागि महान् अभियान हो।
- ट्रम्प फ्लोरिडास्थित आफ्नो निजी क्लब मार–ए–लागोमा सप्ताहान्त बिताइरहेका छन्, जहाँ उनले समर्थकहरूसँग बैठक र रात्रिभोजमा भाग लिनेछन्।
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सञ्चालन भइरहेको सैन्य कारबाहीका क्रममा अमेरिकी सैनिकको ज्यान जान सक्ने चेतावनी दिएका छन् । उनले सार्वजनिक भिडियो सन्देशमार्फत यस्तो चेतावनी दिएका हुन् ।
‘इरानी शासनले मार्ने उद्देश्य राखेको छ । हाम्रा साहसी अमेरिकी सैनिकहरूको ज्यान जान सक्छ र क्षति हुनसक्छ, युद्धमा यस्तो प्रायः हुन्छ । तर हामी यो अहिलेका लागि होइन, भविष्यका लागि गरिरहेका छौँ । यो एउटा महान् अभियान हो’ ट्रम्पले भनेका छन् ।
अमेरिकी फौजको सुरक्षाका लागि सम्भव सबै उपाय अपनाइएको दाबी पनि उनले गरेका छन् । ‘सो क्षेत्रमा रहेका अमेरिकी सैनिकको जोखिम न्यून पार्न हामीले हरेक सम्भव कदम चालेका छौँ,’ उनले भनेका छन् ।
यसैबिच अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरिरहेका बेला ट्रम्प फ्लोरिडास्थित आफ्नै निजी क्लब मार–ए–लागोमा सप्ताहान्त बिताइरहेका छन् । उनी टेक्सासको पोर्ट अफ कर्पस क्रिस्टीमा सम्बोधन गरेपछि पाम बिच पुगेका थिए ।
राष्ट्रपति ट्रम्पको सार्वजनिक कार्यतालिका अनुसार उनी आफ्ना समर्थक सुपर प्याकका पदाधिकारीसँग बैठक र रात्रिभोजमा सहभागी हुने कार्यक्रम पनि तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण