यूएईमा इरानी मिसाइल खस्दा एकको मृत्यु, अमेरिकी सैन्य आधार शिविर निशानामा
दुबई । इरान र इजरायलबिचको द्वन्द्वले अब खाडीका अन्य मुलुकहरूलाई पनि सिधै चपेटामा पारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा इरानबाट प्रहार गरिएका कैयौँ मिसाइलहरूलाई बीचमै रोकिए पनि त्यसको भग्नावशेष खस्दा कम्तीमा एक जनाको मृत्यु भएको हो।
यूएईको सरकारी समाचार एजेन्सीका अनुसार यो आक्रमण राष्ट्रिय सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन हो। यूएईले यस उत्तेजक कदमको कडा जवाफ दिने अधिकार आफूसँग सुरक्षित रहेको चेतावनी दिएको छ।
युद्धको जोखिम बढ्दै गएपछि टर्किस एयरलाइन्सले कतार, कुवेत, बहराइन, यूएई, ओमान, लेबनान, सिरिया, इराक, इरान र जोर्डनका लागि आफ्ना सबै उडानहरू रद्द गरेको छ।
यसैबिच, इरानको फार्स न्युज एजेन्सीले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको पुष्टि गरेको छ। इरानका अनुसार कतारको अल-उदेद एयर बेस, कुवेतको अल-सालेम एयर बेस, यूएईको अल-धाफ्रा एयर बेस र बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक आधार शिविरमाथि आक्रमण गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण