इरान–इजरायल युद्ध
उडानको जानकारी लिएर मात्र विमानस्थल आउन आग्रह
शनिबार, १६ फागुन २०८२, २२ : ४७
सारांश
- मध्यपूर्वमा विकसित तनावका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडानको पछिल्लो अवस्थाबारे बुझ्न आग्रह गरेको छ।
- शनिबार साँझ जारी सूचनाअनुसार, उडान ढिलाइ, पुनः तालिका वा रद्द हुन सक्छन्।
काठमाडौँ । मध्यपूर्वमा विकसित तनावका कारण त्यस क्षेत्रको हवाई मार्गमा लगाइएको प्रतिबन्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । विमानस्थल कार्यालयले एक जरुरी सूचना जारी गर्दै यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे सम्बन्धित वायुसेवा कम्पनीसँग बुझेर मात्र विमानस्थल आउन आग्रह गरेको छ ।
विमानस्थलले शनिबार साँझ जारी गरेको सूचनाअनुसार, मध्यपूर्वको तनावका कारण केही अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ हुने, पुनः तालिकामा पर्ने वा रद्दसमेत हुन सक्ने सम्भावना छ । सोहीकारण विमानस्थलले सम्बन्धित वायुसेवा कम्पनीमा सिधा सम्पर्क गरेर उडानको अवस्था यकिन गर्न अनुरोध गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण