इरान–इजरायल युद्ध
इरानमा दुई सय लडाकु विमानबाट आक्रमण गरिएको इजरायली सेनाको दाबी
आइतबार, १७ फागुन २०८२, ०१ : २९
सारांश
- इजरायली सेनाले इरानका विभिन्न स्थानमा दुई सय लडाकु विमानबाट आक्रमण गरेको छ।
- इजरायलले इरानी शासनको आक्रामक क्षमतालाई कमजोर पार्न आक्रमण गरेको जनाएको छ।
- आक्रमणमा मिसाइल प्रक्षेपण स्थल, हवाई रक्षा प्रणाली र मिसाइल लन्चरहरू निशानामा परेका छन्।
काठमाडौँ । इजरायली सेनाले शनिबार बिहानैदेखि इरानका विभिन्न स्थानमा करिब दुई सय वटा लडाकु विमानहरूले आक्रमण गरेको जनाएको छ । यस अभियानलाई इजरायली वायुसेनाको इतिहासमै ‘अहिलेसम्मकै सबैभन्दा ठुलो सैन्य फ्लाईओभर’ भनिएको छ ।
इजरायली रक्षा बलका अनुसार ती लडाकु विमानहरूले इरानका करिब पाँच सय वटा रणनीतिक लक्ष्यहरूमा सयौँको सङ्ख्यामा गोला बारुद प्रहार गरेका छन् । यस आक्रमणको मुख्य उद्देश्य इरानी शासनको आक्रामक क्षमतालाई गम्भीर रूपमा कमजोर पार्नु रहेको इजरायलले जनाएको छ ।
विशेष गरी पश्चिमी इरानमा रहेका मिसाइल प्रक्षेपण स्थल (लन्च साइट), इरानको हवाई रक्षा प्रणाली र मिसाइल लन्चरहरूलाई निशाना बनाइएको सेनाले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण