दुबईको जेबेल अली बन्दरगाहमा आगलागी
आइतबार, १७ फागुन २०८२, ०५ : ५४
सारांश
- दुबईको जेबेल अली बन्दरगाहको एउटा बर्थमा आगलागी भएको छ।
- आगलागी हवाई आक्रमणका अवशेषले गर्दा भएको बताइएको छ।
- आगलागीबाट मानवीय क्षतिको विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन।
काठमाडौँ । मध्यपूर्वको सबैभन्दा ठुलो व्यावसायिक बन्दरगाह दुबईको जेबेल अली बन्दरगाहको एउटा बर्थमा आगलागी भएको छ । दुबई मिडिया अफिसका अनुसार हवाई आक्रमणका क्रममा खसेका अवशेषहरूले लागेपछि उक्त आगलागी भएको हो ।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै मिडिया अफिसले दुबईको सिभिल डिफेन्स टोलीले आगो पूर्ण रूपमा निभाउन प्रयास जारी राखेको बताएको छ । यस आगलागीबाट भएको मानवीय क्षतिको बारेमा अहिलेसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन ।
मिडिया अफिसले सन् २०२१ मा सोही बन्दरगाहमा भएको आगलागीको ‘पुरानो भिडियो’ सामाजिक सञ्जालमा सेयर नगर्न सर्वसाधारणलाई सचेत गराएको छ । जेबेल अली बन्दरगाह पाल्म जुमेराहको दक्षिणमा अवस्थित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण