बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ओमानमा तेल ट्यांकरमाथि आक्रमण

आइतबार, १७ फागुन २०८२, १४ : ५९
आइतबार, १७ फागुन २०८२

सारांश

  • ओमानको मसन्दाम तटमा एउटा तेल ट्यांकरमा आक्रमण भयो, जसमा ४ जना घाइते भए।
  • २० सदस्यीय चालक दललाई सुरक्षित उद्धार गरियो, उद्धार कार्य ओमानी नौसेना र सैनिक बलले गर्यो।
  • ट्यांकर पलाउको झण्डामा सञ्चालित थियो, ओमानले आणविक सम्झौता वार्तामा मध्यस्थता गरेको थियो।

मस्कन । ओमानमा एउटा तेल ट्यांकरमाथि आक्रमण भएको ओमानको समुद्री सुरक्षा केन्द्रले आइतबार जनाएको छ ।  मसन्दाम तटबाट करिब पाँच समुद्री माइल टाढा तेल ट्यांकरमाथि आक्रमण भएको सुरक्षा केन्द्रले  जनाएको छ

उक्त घटनामा ४ जना घाइते भएका छन् भने २० सदस्यीय चालक दललाई सुरक्षित रूपमा उद्धार गरिएको बताइएको छ । स्काइलाइट नामक जहाज पश्चिम प्रशान्त क्षेत्रको टापु राष्ट्र पलाउको झन्डामुनि सञ्चालनमा रहेको थियो ।

समुद्री सुरक्षा केन्द्रका अनुसार उद्धार कार्य ओमानी नौसेना र सैनिक बलले गरेका हुन् । यसले समुद्रमा हुने घटनासँग जुध्न राष्ट्रिय तयारीलाई प्रतिबिम्बित गरिएको बताइएको छ ।

इरान र अमेरिकाबिच नयाँ आणविक सम्झौता गर्ने उद्देश्यले हालै भएका वार्तामा ओमानले महत्त्वपूर्ण मध्यस्थकर्ताको भूमिका खेलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप