वेस्ट इन्डिजलाई हराउँदै भारत टी–२० विश्वकपको सेमिफाइनलमा
सारांश
- भारतले वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै टी-२० विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ।
- वेस्ट इन्डिजले १९५ रन बनाए पनि भारतले १९९ रन बनाउँदै जित हासिल गर्यो।
- यो जितसँगै वेस्ट इन्डिज विश्वकपबाट बाहिरिएको छ।
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको सुपर–८ चरणको निकै महत्त्वपूर्ण खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । यो जितसँगै भारतले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्दा घरेलु टोली वेस्ट इन्डिजको विश्वकप यात्रा भने समाप्त भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९५ रनको बलियो योगफल खडा गरेको थियो । वेस्ट इन्डिजका लागि रोस्टन चेसले २५ बलमा ४० रनको योगदान दिए । यस्तै, जेसन होल्डरले २२ बलमा ३७ रन र कप्तान रोभम्यान पावेलले १९ बलमा ३४ रन जोड्दै टोलीलाई उच्च स्कोरसम्म पुर्याएका थिए ।
१९६ रनको लक्ष्य पछ्याएको भारतले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १९९ रन बनाएर रोमाञ्चक जित हासिल गर्यो । भारतको जितमा ओपनर संजु सामसन नायक बने । उनले मात्र ५० बलमा ९७ रनको सानदार अविजित इनिङ्स खेले । यस्तै, तिलक वर्माले १५ बलमा २७ रन र सूर्यकुमार यादवले १६ बलमा १८ रनको योगदान दिए ।
भारतले ४ बल बाँकी छँदै लक्ष्य पूरा गर्दै ५ विकेटको जित निकाल्यो । यस हारसँगै वेस्ट इन्डिज प्रतियोगिताबाट बाहिरिएको छ भने भारतले सेमिफाइनलको यात्रा तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण