होली आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको प्रतीक: मुख्यमन्त्री आचार्य
सारांश
- मुख्यमन्त्री चेतनारायण आचार्यले फागु पूर्णिमाको शुभकामना व्यक्त गर्दै होली आपसी सद्भाव र एकताको प्रतीक हो भने।
- उनले लुम्बिनी प्रदेशमा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै आर्थिक अवसर बढाउनुपर्ने बताए।
- मुख्यमन्त्री आचार्यले होली पर्वलाई सभ्य, मर्यादित र सुरक्षित वातावरणमा मनाउन आग्रह गरे।
बुटवल । रङ्गहरूको पर्व फागु पूर्णिमा (होली) पर्वका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री आचार्यले दिएको शुभकामना सन्देशमा होली केवल रङ्ग खेल्ने पर्व मात्र नभई आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको प्रतीक भएको उल्लेख गरेका छन् ।
विविध जातजाति, भाषा र संस्कृतिको सुन्दर सङ्गम रहेको लुम्बिनी प्रदेशमा यस्ता पर्वहरूले पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका हुन् ।
उनले मौलिक कला, संस्कृति, परम्परा, भेसभुसा र सांस्कृतिक अभ्यासहरूको संरक्षण तथा प्रवर्द्धनबाट मात्र दिगो समृद्धिको आधार निर्माण गर्न सकिने बताए । सांस्कृतिक सम्पदालाई पर्यटन, उद्यम र स्थानीय उत्पादनसँग जोड्दै आर्थिक अवसर विस्तार गर्नु आजको आवश्यकता भएको उनको भनाइ छ ।
मुख्यमन्त्री आचार्यले आफ्नो पहिचान जोगाउँदै नयाँ पुस्तालाई संस्कृतिप्रति गर्व गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । सांस्कृतिक विविधतामै प्रदेशको शक्ति निहित रहेको उल्लेख गर्दै उनले होलीजस्ता पर्वहरू सभ्य, मर्यादित र सकारात्मक सन्देश दिने गरी मनाउन आग्रह गरे ।
पर्व मनाउने नाममा कुनै पनि प्रकारको विकृति, विसङ्गति र अवाञ्छित गतिविधिलाई प्रश्रय दिन नहुने स्पष्ट पार्दै उहाँले जबरजस्ती रङ्ग दल्ने, अभद्र व्यवहार गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने वा अरूको स्वतन्त्रता र सुरक्षामा असर पर्ने गतिविधि अस्वीकार्य हुने बताए । सबैले जिम्मेवार र अनुशासित व्यवहार गर्दै सुरक्षित वातावरणमा पर्व मनाउन उनले आग्रह गरे । होली पर्वले आपसी विश्वास, सद्भाव र सहकार्यको भावना अझ प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण