रौतहटमा शङ्कास्पद वस्तु फेला, डिस्पोज गर्दा भेटियो माटोको थुप्रो
सोमबार, १८ फागुन २०८२, १० : १८
सारांश
- रौतहटको राजपुर नगरपालिकामा शङ्कास्पद वस्तु फेला परेको छ।
- पानीटंकी नदीको किनारमा राखिएको ड्रममा माटोको थुप्रो फेला परेको छ।
- नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको थियो।
वीरगन्ज । रौतहटमा आज बिहान शङ्कास्पद वस्तु फेला परेको छ । रौतहटको राजपुर नगरपालिका वडा नम्बर-५ पानीटंकी नदीको गलीमा शङ्कास्पद वस्तु फेला परेको रौतहट प्रहरीले जनाएको छ ।
पानीटंकी नदीको सडकछेउमा शङ्कास्पद वस्तु ड्रम राखिएको रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालले बताए । उनका अनुसार ग्रामीण सडक किनारमा बेवारिसे अवस्थामा रहेको ड्रम देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
त्यसलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको उनको भनाइ छ । ड्रममा भेटिएको शङ्कास्पद वस्तु माटोको थुप्रो रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
गौर पुरेनवास्थित नारायण दल गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली डिस्पोज गर्दा माटोको थुप्रो भेटिएको प्रहरीले जनायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण