बुथ–बुथमा पुगे कर्मचारी, सुरक्षा व्यवस्था कडा (फोटोफिचर)
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कोशी प्रदेशका सबै निर्वाचन अधिकृतको कार्यालयहरूबाट मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीको टोली मतपेटीकासहित निर्वाचन सामग्री लिएर आफ्नो कार्यक्षेत्र पुगेका छन् ।
सयौँको संख्यामा सेता मतपेटिका र गुलाबी रङका मतदान कक्षका बारहरू लिएर कर्मचारीहरू मतदानस्थलमा पुगेका हुन् । आजदिनभरमा यी सामग्री संख्या रुजु गर्ने र तिनलाई सुरक्षित तवरले मिलाउने कार्य भइरहेको छ ।
निर्वाचनमा खटिएका कर्मचारीहरू भुइँमा बसेर मतदाता नामावली रुजु गर्ने, विभिन्न फारमहरू भर्ने र निर्वाचन सामग्रीहरूलाई खामबन्दी गरी बोरामा प्याक गरिरहेका देखिन्थे । मोरङको क्षेत्र नम्बर ४, ५ र ६ मा पर्ने विराटनगरका विभिन्न वडामा बुथ निर्माणको काम धमाधम सुरु भएको छ ।
मतदान केन्द्रहरूमा लाइन बस्न र सुरक्षा पोस्टका लागि बाँसका अस्थायी संरचनाहरू बनाउन थालिएको छ । निर्वाचन सामग्रीहरू बुथतर्फ पठाइरहँदा सुरक्षा व्यवस्थालाई पनि उत्तिकै मजबुत बनाइएको छ । कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा भयरहित वातावरण सुनिश्चित गर्न सुरक्षा निकायले त्रिपक्षीय समन्वयसहितको सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको छ ।
प्रहरीले प्रदेशका १ हजार ९०७ मतदानस्थलमध्ये ४३९ स्थानलाई ‘अति संवेदनशील’ सूचीमा राखेर विशेष निगरानी बढाएको छ । विशेषगरी पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका बालेन्द्र शाहबीच प्रतिस्पर्धा भइरहेको झापा क्षेत्र नं. ५ लाई प्रहरीले ‘हाइ–प्रोफाइल’ संवेदनशीलतामा राखेको छ । मनोनयनका दिन देखिएका केही छिटपुट झडपका घटनालाई मध्यनजर गर्दै त्यहाँ थप १०० जनाको विशेष टोली परिचालन गरिएको छ ।
‘झापा–५ मा राष्ट्रिय–अन्तर्राष्ट्रिय ध्यान छ । त्यहाँको सम्भावित तनावलाई आंकलन गरेर हामीले विशेष सतर्कता अपनाएका छौँ । हाल त्यहाँको स्थिति पूर्ण नियन्त्रणमा छ,’ कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले भने ।
यसपटकको निर्वाचनमा भौतिक मुठभेडभन्दा पनि सामाजिक सञ्जालमार्फत फैलाइने अफवाहलाई प्रहरीले मुख्य चुनौतीका रूपमा लिएको छ । ‘सामाजिक सञ्जालमार्फत एकैछिनमा माहोल बिगार्ने प्रयास हुन सक्छ,’ डीआईजी घिमिरेले भने, ‘त्यसैले हामीले प्रदेशस्तरमै ‘साइबर डेस्क’ स्थापना गरेर डिजिटल गतिविधिमाथि सुक्ष्म निगरानी गरिरहेका छौँ ।’
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर १२ हजार नेपाल प्रहरी र २३ हजार म्यादी प्रहरी गरी ३५ हजार जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ । यसका अतिरिक्त सशस्त्र प्रहरी बलका तर्फबाट २ हजार ५६१ नियमित र ५ हजार ६४९ निर्वाचन प्रहरी पनि खटिएका छन् ।
कोशी प्रदेशको भारतसँग ४२७ किलोमिटर र चीनसँग २५८ किलोमिटर सिमाना जोडिएकाले सीमा क्षेत्र सुरक्षाका लागि झापा, सुनसरी र मोरङमा भारतीय सुरक्षा निकायसँग काउन्टर–पार्ट बैठक सम्पन्न गरी सुरक्षा घेरा मजबुत बनाइएको छ ।
संखुवासभा, सोलुखुम्बु, र ताप्लेजुङ जस्ता जिल्लाहरूमा चिसो मौसम र भौगोलिक विकटता मुख्य चुनौतीका रूपमा रहेका छन् । यातायात र सञ्चार अवरुद्ध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ती क्षेत्रमा स्याटेलाइट फोनको व्यवस्था गरिएको छ भने निर्वाचन सामग्री ढुवानीका लागि आवश्यकताअनुसार हेलिकप्टर प्रयोग गरिने डिआइजी घिमिरेले जानकारी दिए ।
_NF7TQhmYN2.jpg)
_uKkUPPlAPP.jpg)
_tXvmpGVXn3.jpg)
_Q70DBlh6YL.jpg)
_SHJwTPgnIQ.jpg)
_7ZUCYqqgom.jpg)
_pb5lr9Y9bR.jpg)
_mI6lAqyB4w.jpg)
_Y0JwwzBOGo.jpg)
_q9tbWCzFe3.jpg)
_jnOj5htKsg.jpg)
_6FqnvZMcOx.jpg)
_ZBGNzMM1JN.jpg)
_wQzoqHFRwr.jpg)
_KWTuY0gvZp.jpg)
_6fHgxoPktD.jpg)
_jm8Ube8iXN.jpg)
_2aVYNzR72I.jpg)
_XixW0lyTj8.jpg)
_eBl3VKMt1v.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण