फागुनको अन्तिम साता नेपाली कांग्रेसको सरकार बन्नेछ : देवराज चालिसे
सोमबार, १८ फागुन २०८२, १९ : ११
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुनको अन्तिम साता देशमा नेपाली कांग्रेसको सरकार बन्ने बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रवक्ता चालिसेले यस्तो दाबी गरेका हुन् ।
आज राति १२ बजेपछि प्रचार–प्रसारको समय समाप्त हुने भन्दै उनले सुनौलो अवसरलाई पूर्ण सदुपयोग गर्न आग्रह गरे ।
उनले भने,‘केही समय छिमेकी दाजुभाइ(दिदीबहिनीहरूसँग हृदयबाट संवाद गर्नुहोस्। उनीहरूलाई भन्नुहोस् – हाम्रो देशलाई स्थिरता, विकास र सुशासन चाहिन्छ। केही समय घर परिवारलाई सम्हाल्नुहोस्, शान्त मनले भोलिको लागि तयारी गर्नुहोस्। विश्वास राख्नुहोस् – विजय नजिकै छ ! ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण