बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

रुससँग अर्को वार्ता छिट्टै हुनेमा युक्रेनी राष्ट्रपति जेलेन्स्की आशावादी

सोमबार, १८ फागुन २०८२, २० : ४१
सोमबार, १८ फागुन २०८२

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार मध्यपूर्व युद्धका बाबजुद आगामी दिनमा अबुधाबीमा रुससँग वार्ता अघि बढ्ने आशा व्यक्त गरेका छन् । 

संयुक्त अरब इमिरेट्स (युएई) र उसको राजधानी अबुधाबीमा इरानमाथि इजरायलले संयुक्त रूपमा आक्रमण गरेको प्रतिक्रियामा शनिबारदेखि इरानले आक्रमण गरेको छ।

अबु धाबीले युक्रेनमा रुसी आक्रमण अन्त्य गर्न संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा वार्ता आयोजना गरेको थियो र युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मार्च ५ र ८ को बीचमा नयाँ चरणको वार्ता तय गरिएको बताएका थिए । 'बैठक हुनुपर्दछ, यो हाम्रा लागि महत्त्वपूर्ण छ, हामी यो बैठकलाई समर्थन गर्दछौँ,' राष्ट्रपति जेलेन्स्कीले एएफपीसहितका पत्रकारहरूसँगको कुराकानीमा भने । 

उनले अगाडि भने, 'यदि क्षेप्यास्त्र र ड्रोनका कारण अबुधाबीसँग कठिनाइ छ भने मलाई लाग्छ हामी टर्कीए वा स्विट्जरल्यान्डमा पनि वार्ता गर्न सक्छौँ । हामीले बैठकको लागि यी तीन स्थानहरू मध्ये कुनैलाई पनि समर्थन गर्नेछौँ।'

मस्को पनि वार्तालाई निरन्तरता दिने पक्षमा रहेको छ । अमेरिका–इरान वार्ता असफल भएपछि रुसको अडानमा परिवर्तन आएको हो कि भन्ने प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, 'राजनीतिक र कुटनीतिक समाधान नै रुसको प्राथमिकता रहेको छ ।'

सन् २०२२ देखि रुसको पूर्ण आक्रमणसँग लडिरहेको युक्रेनले बारम्बार मस्कोलाई शाहेद ड्रोन र छोटो दूरीका मिसाइलहरू उपलब्ध गराएको आरोप इरानमाथि लगाउँदै आएको छ ।

राष्ट्रपति जेलेन्स्कीले शनिबार भने, 'अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणले इरानी जनताका लागि रुसको सहयोगी तेहरानमा रहेको आतङ्कवादी शासनलाई हटाउने अवसर सिर्जना गरेको छ ।'

तर इरानसँगको लामो युद्धले अमेरिकामा निर्मित प्याट्रियट व्याट्रीसहित रुसी आक्रमणलाई रोक्न किएभले प्रयोग गर्ने प्रमुख हवाई रक्षा प्रणालीको आपूर्तिमा पनि असर पार्न सक्छ । 'यदि मध्यपूर्वमा लामो समयसम्म तनाव रह्यो भने यसले निश्चित रूपमा आपूर्तिलाई असर गर्नेछ। म यसमा विश्वस्त छु,' जेलेन्स्कीले भने ।

युक्रेनका लागि अमेरिकी हतियार खरिद गर्ने युरोपको प्रणालीले अझै पनि काम गरिरहेको उनले बताए । 

जेलेन्स्कीले जनवरीमा भनेका थिए, 'जाडोमा अमेरिकी मिसाइल आपूर्तिमा ढिलाइले युक्रेनको नागरिक पूर्वाधारलाई व्यापक रूसी हवाई आक्रमण अभियानको थप जोखिममा पारेको छ, जसले विद्युतीयसंयन्त्रहरूलाई ठूलो क्षति पुर्‍याएको छ ।'

–––

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप