मंगलबार कुन राशिको लागि शुभ ? हेर्नुहाेस् राशिफल
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल फाल्गुन १९ गते । मंगलबार । इस्वी सन् २०२६ मार्च ३ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि–पूर्णिमा, २६ घडी २१ पला, बेलुकी ५ बजेर १ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–मघा, २ घडी ५२ पला, बिहान ७ बजेर ३८ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–सुकर्मा, १० घडी ३५ पला, बिहान १० बजेर ४३ मिनेट उप्रान्त धृती । करण–बव, बेलुकी ५ बजेर १ मिनेट उप्रान्त बालव, रातको ४ बजेर ४९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–काल योग । चन्द्रराशि–सिंह ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४ मिनेट । दिनमान २८ घडी ५९ पला ।
दिन विशेष : तराई जिल्लामा होली ।
आजको बार बेला ।
- बिहान ६ बजेर २९ मिनेटसम्म रोग बेला ।
- बिहान ६ बजेर ३० मिनेटदेखि बिहान ७ बजेर ५६ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ७ बजेर ५७ मिनेटदेखि बिहान ९ बजेर २३ मिनेटसम्म चर बेला ।
- बिहान ९ बजेर २४ मिनेटदेखि बिहान १० बजेर ५० मिनेटसम्म लाभ बेला ।
- बिहान १० बजेर ५१ मिनेटदेखि बिहान १२ बजेर १७ मिनेटसम्म अमृत बेला ।
- दिउँसो १२ बजेर १८ मिनेटदेखि दिउँसो १ बजेर ४४ मिनेटसम्म काल बेला ।
- दिउँसो १ बजेर ४५ मिनेटदेखि दिउँसो ३ बजेर ११ मिनेटसम्म शुभ बेला ।
- दिउँसो ३ बजेर १२ मिनेटदेखि बेलुकी ४ बजेर ३८ मिनेटसम्म रोग बेला ।
- बेलुकी ४ बजेर ३९ मिनेटदेखि बेलुकी ७ बजेर ३८ मिनेटसम्म काल बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो ३ बजेर १० मिनेटदेखि बेलुकी ४ बजेर २७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ५३ मिनेटदेखि बिहान ४ बजेर ४१ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पति पत्नी बिचको सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला । अध्ययनमा उच्चता हासिल हुनेछ । वैदेशिक रोजगारीले जीवनस्तर सुधार्नमा मद्दत गर्नेछ । जग्गा जमिनको कारोबारले फाइदा गराउनेछ ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा पाइने हुनाले मन प्रसन्न हुनेछ । व्यापार व्यवसायमा मनग्गे धन आर्जन गर्न सकिने तथा कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । माया प्रेममा नजिक हुने समय रहेको छ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । साथीभाइका साथ रमाइलो गर्दै समय व्यातित हुनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् भने खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापहरू सफलता पूर्वक सम्पन्न हुनेछन् । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) तपाईँको कामको धेरैले प्रशंसा गर्नेछन् भने विशिष्ट व्यक्तिहरूबाट सम्मानित हुने ग्रहयोग रहेको छ । तार्किक क्षमतामा वृद्धि भएर जानेछ भने सम्मानका साथ आम्दानी बढाउन सकिनेछ । गाएन तथा सङ्गीतको क्षेत्रमा लागी नाम कमाउनेहरूका लागी नयाँ नयाँ अवसर आउनेछ । पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोठ लिनेछ भने कुटुम्ब सँगको सम्बन्ध सुदृढ भएर जानेछ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजबुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले पद प्राप्तिको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गीत सङ्गीत तथा मोडलिङमा विशेष चासो बढ्नेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय राम्रो रहेकोले विदेशी सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइने वा विदेश यात्राको प्रबल सम्भावना रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । तर पनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्यसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला जरिवाना पनि हुन सक्छ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाजुभाइले तपाईँको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । इच्छा तथा मनोकामनाहरू पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरू फराकिला हुनेछन् । माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नी बिचको सम्बन्धमा सुधार भएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । व्यवसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । मौसमले साथ दिने हुनाले कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । अध्ययन वा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेको छ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धर्म तथा धर्म विस्तारको लागी समय दिनु पर्नेछ भने संस्कार परिवर्तनमा तपाईँको भूमिका महत्त्वपूर्ण हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रशासनिक क्षेत्रमा तपाईँको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबारमा मिलाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । अध्ययनमा ध्यान जानेछ भने कार्यक्षेत्रमा राम्रा काम गर्न सकिनेछ । पुराना समस्याहरू हल भएर जानेछन् । अध्ययन तथा कामको लागि यात्राको योग रहेको छ । आफन्त तथा दिदी बहिनीबाट तपाईँको कामका सहयोग पाइनेछ । उपहार प्राप्तिको योगलाई नकार्न सकिँदैन ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतीत गर्दा खुसी भएको महसुस गर्नेछन् । अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयले साथ दिने हुनाले व्यापारमा सानो लगानीबाट पनि नाफा कमाउन सकिनेछ । फिल्मी क्षेत्र वा मनोरञ्जनात्मक क्षेत्रमा चासो बढ्नेछ । पारिवारिक सम्बन्ध सुदृढ तथा सहयोगात्मक रहनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले ‘राष्ट्रिय भेला’ बोलाउने
-
९२ वर्षको खडेरी तोड्ने इजिप्टको दाउ, अस्ट्रेलियालाई बलियो डिफेन्सको भर
-
देउवा समूहले सम्पर्क कार्यालय असार २२ गते औपचारिक उद्घाटन गर्ने
-
मदिरा खाएका व्यक्तिले बिरामीको एक्स–रे गरेको विषयमा मानव अधिकार आयोगको चासो
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : सुरेश हमाललाई मरणोपरान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष उत्कृष्ट खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण