शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इरान हमलामा मारिएका छात्राहरूको अन्त्येष्टि सुरु

मङ्गलबार, १९ फागुन २०८२, १४ : ५१
मङ्गलबार, १९ फागुन २०८२

सारांश

  • मिनाबस्थित विद्यालयमा भएको हवाई आक्रमणमा १६८ विद्यार्थीको मृत्यु भएको थियो।
  • मृत बालिकाहरूको तस्बिर बोकेर मिनाबको मुख्य चोकमा ठूलो भीड जम्मा भई नाराबाजी गरियो।
  • एक पीडित बालिकाकी आमाले ट्रम्पको आलोचना गर्दै उनका कदमलाई पागलपन भनिन्।

तेहरान । अमेरिका र इजरायली बमबारीमा परेर कक्षाकोठामै मारिएका इरानका छात्राहरूको अन्त्येष्टि सुरु भएको छ । इरानी अधिकारीहरूका अनुसार शनिबार बिहान दक्षिणी सहर मिनाबस्थित शाजारे तय्यिबा गर्ल्स प्राथमिक विद्यालयमा भएको हवाई आक्रमणमा कम्तीमा १६८ विद्यार्थीको मृत्यु भएको थियो । 

सरकारी प्रसारक इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङका अनुसार मङ्गलवार बिहान मिनाबको मुख्य चोकमा ठुलो भीड जम्मा भएको देखिएको छ । सडकहरू मानिसले भरिएका थिए, जहाँ मृत बालिकाहरूका तस्बिर बोकेर नाराबाजी गरिएको थियो ।

अर्ध सरकारी समाचार संस्था तास्मिन न्युज एजेन्सीका अनुसार एक पीडित बालिकाकी आमाले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्दै उनका कदमलाई पागलपन भनेकी छन् ।

आक्रमणपछि इरानी सरकारी मिडियाले सार्वजनिक गरेको भिडियोमा विद्यालय पूर्ण रूपमा ध्वस्त भएको, बालबालिकाका झोला र पुस्तकहरू भग्नावशेषमा छरिएका र अभिभावकहरू शोकमा डुबेका दृश्य देखिएका थिए ।

उक्त विद्यालय इरानी सैन्य आधारबाट करिब ६० मिटर दूरीमा रहेको थियो । अमेरिकी सेन्ट्रल कमाण्डले सो घटनाको रिपोर्टबारे जानकारी रहेको र अनुसन्धान भइरहेको बताएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप