अर्थ
सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घट्यो
बुधबार, २० फागुन २०८२, ११ : ०५
सारांश
- बुधबार सुनको मूल्य तोलामा ११ हजार रुपैयाँले घटेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य पनि घटेर प्रति तोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ । बुधबार सुनको मूल्य तोलामा ११ हजार रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यसअनुसार एकैदिन सुनको मूल्य तोलामा ११ हजार रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७२ हजार २ सय ९० रुपैयाँ तोकिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ रहेको थियो।
चाँदीको मूल्य प्रतिदश ग्राम ४ हजार ७ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण