अमेरिकाद्वारा दूतावासका कर्मचारीलाई पाकिस्तान छोड्न आदेश
सारांश
- अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासका कर्मचारीलाई पाकिस्तान छोड्न आदेश दिएको छ।
- अमेरिकी विदेश विभागले साउदी अरब, ओमान र साइप्रसमा रहेका कर्मचारी र परिवारलाई पनि छोड्न निर्देशन दिएको छ।
- मध्यपूर्वमा विकसित घटनाक्रमपछि अमेरिकाले आफ्ना नागरिकलाई स्वदेश फर्काउन सहयोग गरिरहेको छ।
वासिङ्टन डीसी । अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश दिएको छ । साथै अमेरिकाले साउदी अरब, साइप्रस र ओमानमा मिसनहरु छोड्न समेत अनुमति दिएको छ ।
अमेरिकी विदेश विभागले पाकिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी सरकारी कर्मचारी , लाहोर र कराचीको अमेरिकी वाणिज्य दूतावासका कर्मचारी र उनीहरुका परिवारका सदस्यहरूलाई सुरक्षा जोखिमका कारण पाकिस्तान छोड्न आदेश दिँदै विज्ञप्ति जारी गरेको जनाइएको छ ।
यधपि, राजधानी इस्लामाबाद स्थित दूतावासको सुरक्षा स्थितिमा भने कुनै परिवर्तन नभएको बताएको छ । यसअघि नै विभागले अमेरिकी सरकारी कर्मचारीहरू र उनीहरुको परिवारका सदस्यहरूलाई सुरक्षा जोखिमका कारण साउदी अरेबिया, ओमान र साइप्रस छोड्न निर्देशन दिएको थियो ।
यसैबिच विभागले मध्यपूर्व छोडेर संयुक्तराज्य अमेरिका फर्कन चाहने नागरिकहरूलाई आवाश्यक सहयोग गर्न कदम चालेको समेत जानकारी दिएको छ । पछिल्लो केही दिनमा ९ हजारभन्दा बढी अमेरिकी नागरिकहरू मध्यपूर्वबाट सुरक्षित फर्केको जनाइएको छ भने इजरायलबाट फर्किनेहरु मात्र ३०० भन्दा बढी छन् ।
जेनेभामा अमेरिकी दूतहरूले आणविक सम्झौताको विषयमा इरानसँग छलफल गरेको दुई दिनपछि संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार आक्रमण सुरु गरेका थिए भने इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको आक्रमणमा परी मृत्यु भएको छ ।
त्यसलगतै इरानले मध्यपूर्वमा जवाफी आक्रमण विस्तार गरेको छ, मङ्गलबार संयुक्तराज्य अमेरिका र इजरायलले तेहरानका प्रमुख साइटहरू ध्वस्त पारेको जनाइएको छ भने अमेरिकी वाणिज्य दूतावासमा आक्रमण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण