निर्वाचन बहिष्कार गर्ने नेकपा (बहुमत) का जिल्ला इन्चार्ज र सचिव पक्राउ
सारांश
- निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा नेकपा बहुमतका मोरङ जिल्ला इन्चार्ज र सचिव पक्राउ परेका छन्।
- उनीहरूलाई मोरङको कानेपोखरी गाउँपालिका-६ स्थित बुद्ध चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
- पक्राउ परेका व्यक्तिहरू नक्कली बम राख्ने कार्यमा संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ।
विराटनगर । निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्ण प्रसाद चम्लागाई (जिल्ला इन्चार्ज) र झापाको दमक नगरपालिका–५ बस्ने ३७ वर्षीय सुमन पौडेल (जिल्ला सचिव) रहेका छन्।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आज दिउँसो साढे ४ बजेको समयमा मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित बुद्ध चोकबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका व्यक्तिहरू आजै दिउँसो करिब १२ः१५ बजे सुन्दरहरैँचा–१० स्थित पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ फेला परेको नक्कली बम राख्ने कार्यमा समेत संलग्न भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
उक्त घटनाका सम्बन्धमा उनीहरूमाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ९डिएसपी० हरिनन्दन चौधरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण