साँखु जाने सडकमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज
बिहीबार, २१ फागुन २०८२, ०७ : १८
सारांश
- काठमाडौंको शंखरापुर नगरपालिकामा शंकास्पद वस्तु फेला परेको थियो।
- सशस्त्र प्रहरीले सेनालाई खबर गरेपछि सेनाको टोलीले उक्त वस्तु निष्क्रिय पारेको हो।
- सो वस्तुमा ढुङ्गा राखेर सडकमा राखिएको पाइएको छ, र अहिले सडक सुचारु भएको छ।
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् ।
इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
सशस्त्र प्रहरीको सुरक्षा बेस थलीबाट मोबाइल गस्तीमा खटिएका इनस्पेक्टर परशुराम थापा नेतृत्वको टोलीले शङ्कास्पद बस्तु देखेपछि सेनालाई खबर गरेका थिए । डिस्पोज गर्दा सो बस्तु बोरामा ढुङ्गा राखेर सडकमा राखेको थाहा भएको छ ।
सेनाको रणचण्डी गण सुन्दरीजलको बम डिस्पोजल टोलीले बिहान करिब ६ बजेतिर सो बस्तु निष्क्रिय बनाएपछि सड्क सुचारु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण