बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मन्त्री श्रद्धा श्रेष्ठले गरिन् मतदान, सहभागिताका लागि सबैलाई आह्वान

बिहीबार, २१ फागुन २०८२, १३ : ०१
बिहीबार, २१ फागुन २०८२

सारांश

  • मन्त्री श्रद्धा श्रेष्ठले काठमाडौँमा प्रतिनिधिसभा निर्वाचनमा मतदान गरिन्।
  • उनले भद्रकाली प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरिन् र नागरिक कर्तव्य पूरा गरिन्।
  • मन्त्री श्रेष्ठले महिला, ज्येष्ठ नागरिक, र बालबालिकाको अधिकारका लागि पहल गरिरहेकी छिन्।

काठमाडौँ । नेपाल सरकारकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेकी छन्। उनले काठमाडौँबाट मतदान गरेकी हुन्।

मन्त्री श्रेष्ठले भद्रकाली प्राथमिक विद्यालय, खड्का भद्रकालीस्थित (ग) मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेकी हुन्। उनी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ की मतदाता हुन्।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन सबै मतदातालाई आग्रह गरिन्। उनले भनिन्,

‘आजको ऐतिहासिक प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेर मैले मेरो नागरिक कर्तव्य पूरा गरेँ। तपाईँहरूले पनि आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुभएको छ भन्ने विश्वास लिएको छु।’

श्रेष्ठले मन्त्रालयको नेतृत्व सम्हालेपछि महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाको अधिकार र सहभागिता बढाउने दिशामा विभिन्न पहलहरू अघि बढाएकी छन्।

विशेषगरी सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउने, ज्येष्ठ नागरिकको सम्मानजनक जीवन सुनिश्चित गर्ने तथा महिला र अपाङ्गता भएका व्यक्तिहरूको सार्वजनिक जीवनमा सहभागिता बढाउने विषयमा उनले सक्रिय पहल गर्दै आएकी छन्।

मन्त्री श्रेष्ठले लोकतन्त्र सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै मतदानमा उत्साहजनक सहभागिता जनाउन सबैलाई आग्रह गरेकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप