प्रचण्डको निर्वाचन क्षेत्रमा ४० प्रतिशत मत खस्यो
बिहीबार, २१ फागुन २०८२, १३ : १७
सारांश
- रुकुम (पूर्व) मा ४० प्रतिशत मत खसेको छ, जहाँ प्रचण्ड उम्मेदवार छन्।
- दिउँसो १ बजेसम्म १३ हजार ९१९ जनाले मतदान गरिसकेका छन्।
- निर्वाचन क्षेत्रका सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेको रुकुम (पूर्व) मा ४० प्रतिशत मत खसेको छ । दिउँसो १ बजेसम्म कुल ४०।०९ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।
यो अवधिमा कुल १३ हजार ९१९ जनाले मतदान गरेका छन् । त्यसमध्ये पुरुष ६ हजार ६१७ जना र महिला ७ हजार ३२३ जना रहेका छन् । यो निर्वाचन क्षेत्रका सबे स्थानमा अहिलेसम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख निर्वाचन अधिकृत खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण