सिराहामा ५० प्रतिशत मतदान
सारांश
- सिराहामा बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो १ बजेसम्म ५० प्रतिशत मतदान सम्पन्न भयो।
- जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर चार निर्वाचन क्षेत्रमा २२४ मतदानस्थल र ५३४ मतदान केन्द्र स्थापना गरिएको छ।
- निर्वाचनमा चार लाख ५३ हजार ६४५ मतदाता रहेकोमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
सिराहा । सिराहामा ५० प्रतिशत मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा १ बजेसम्म ५० प्रतिशत हाराहारी मतदान सम्पन्न भएको हो ।
अहिलेसम्म ५० प्रतिशत हाराहारी मतदान भएको जिल्ला निर्वाचन कार्यालय सिराहाका प्रमुख राजन श्रीवास्तवले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालय सिराहाका अनुसार जिल्लाका चार निर्वाचन क्षेत्रअन्तर्गत २२३ स्थायी र एक अस्थायी गरी २२४ मतदानस्थलमा ५३१ स्थायी र तीन अस्थायी गरी ५३४ मतदान केन्द्र स्थापना गरिएको छ ।
निर्वाचनका लागि जिल्लाभर ५३४ मतदान अधिकृत खटिएका छन् । प्रत्येक स्थायी केन्द्रमा तीन तीन जना सहयोगीसहित कूल चार हजार ७९४ कर्मचारी परिचालन गरिएको छ। जिल्लाका चार निर्वाचन क्षेत्रमा दलका ५४ र स्वतन्त्र ८४ जना गरी कूल १३८ उम्मेदवार चुनावी मैदानमा छन्।
मतदातातर्फ दुई लाख ४१ हजार ६१५ पुरुष, दुई लाख १२ हजार २८ महिला र दुई अन्य गरी कूल चार लाख ५३ हजार ६४५ मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ४ वटै निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण