४ बजेसम्म ४५ प्रतिशत मत खस्यो
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार दिउँसो करिब ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खसेको छ ।
प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार हालसम्म देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ८४ लाख ६० हजार ६ सय ७७ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् ।
मतदानको विवरण हेर्दा काठमाडौँ उपत्यकामा मतदाताको सबैभन्दा बढी उत्साह देखिएको छ । उपत्यकाका १५ निर्वाचन क्षेत्रमा दिउँसो पौने ४ बजेसम्म ५४ प्रतिशत मत खसिसकेको छ । प्रदेशतर्फ भने गण्डकी र कर्णाली प्रदेशमा सबैभन्दा बढी मतदान भएको छ ।
यी दुवै प्रदेशमा समान ४८ प्रतिशत मत खसेको छ । उता, मधेस प्रदेशमा भने मतदानको प्रतिशत सबैभन्दा कम देखिएको छ । मधेसका ३२ निर्वाचन क्षेत्रमा जम्मा ३७ प्रतिशत मात्र मत खसेको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी, बागमती र लुम्बिनी प्रदेशमा समान ४७ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् भने कोशी प्रदेशमा ४६ प्रतिशत मत खसेको छ । सुदूरपश्चिम प्रदेशमा भने मधेसपछि सबैभन्दा कम ३९ प्रतिशत मात्र मत खसेको छ ।
देशभरका कुल १ सय ६५ निर्वाचन क्षेत्रका १० हजार ९ सय ६७ मतदानस्थलमा बिहानैदेखि मतदान भइरहेको छ । साँझ ५ बजेसम्म चल्ने मतदान प्रक्रियामा अझै पनि मतदाताहरू लाइनमै रहेकाले अन्तिम समयसम्ममा खसेको मतको कुल प्रतिशत उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण