देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान, गृहको सुरक्षा योजना पूर्ण सफल: प्रवक्ता काफ्ले
काठमाडौँ । गृह मन्त्रालयले देशभर शान्तिपूर्ण, सुरक्षित र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको जनाएको छ । विगतका निर्वाचनका अनुभव र वर्तमानको फरक परिवेशलाई सुक्ष्म रूपमा मूल्याङ्कन गरी तयार पारिएको एकीकृत सुरक्षा योजना पूर्ण रूपमा सफल भएको मन्त्रालयले दाबी गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले निर्वाचन पूर्वको अवस्थालाई शान्तिपूर्ण रूपमा सम्पन्न गरी आज मतदानको दिनसम्म आइपुग्दा सुरक्षा व्यवस्था अत्यन्तै चुस्त देखिएको बताए । केही स्थानमा व्यवस्थापकीय वा अन्य कारणले मतदानमा सामान्य अवरोध आएपनि तत्काल समाधान गरिएको मन्त्रालयले जनाएको छ ।
दोलखाको एउटा मतदान केन्द्रमा लामो समयदेखि अवरुद्ध भएको मतदान कार्य जिल्ला सुरक्षा समिति, राजनीतिक दल र सुरक्षाकर्मीको समन्वयमा पुनः सुचारु भइसकेको उनले दाबी गरे । उनले भने, ‘हामीले बनाएको एकीकृत सुरक्षा योजनाअनुसार नै सुरक्षाकर्मीहरू परिचालित हुनुभएको छ । अहिलेसम्मको अवस्था हेर्दा एकदमै शान्तिपूर्ण र मतदाताले उत्साहपूर्वक मतदान गरिरहनुभएको छ ।’
निर्वाचनमा उम्मेदवार, मतदाता, सञ्चारकर्मी र पर्यवेक्षक लगायत सबैको सुरक्षाका लागि ‘माइक्रो तह’ बाटै सुरक्षाकर्मीको तैनाथी गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण