झापा–५ मा खस्यो १ लाख ६ हजार मत
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
विराटनगर । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका नेता बालेन्द्र शाहलगायत उम्मेद्वार बनेको झापा क्षेत्र नम्बर ५ मा १ लाख ६ हजार मत खसेको छ ।
झापा ५ मा १ लाख ६३ हजार ३७९ जना मतदाता थिए । झापा निर्वाचन कार्यालयका अनुसार खसेको मतमध्ये महिला ५६ हजार ९७२ र पुरुष ४९ हजार ४ सय रहेका छन् । यो मत भनेको ६५.११ प्रतिशत हाराहारी हो ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाभर करिब ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला निर्वाचन अधिकृत तुलसी कुमार नेपालले दिएको जानकारी अनुसार, जिल्लाका विभिन्न मतदान केन्द्रहरूबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा ६५ प्रतिशतभन्दा बढी मत खसेको हो ।
उनले अहिले जिल्लाका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन गर्ने कार्य भइरहेको बताए । राति ९ बजेसम्ममा सबै मतपेटिकाहरू संकलन भइसक्ने र त्यसपछि मुचुल्का तथा सिल नम्बर रुजु गर्ने कार्य सुरु हुने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण