करिब ५ घण्टा बिथोलिएको दोलखाको तामाकोशीमा मतदान सम्पन्न
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
काठमाडाैँ । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर माबि मतदान स्थलमा मतदान गराउन गएका कर्मचारी र दलका कार्यकर्ताहरुको बिचमा विवाद हुँदा करिब ५ घण्टा निर्वाचन बिथोलियो ।
प्रहरीले स्थिती नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर गरेको थियो । ८ जना पक्राउ परेर रिहा भए । दिनभर बिथोलिए पनि सो मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ ।
विवाद पछि दिउँसो करिब ४ बजेबाट शुरु भएर मतदान सम्पन्न भएको दोलखामा निर्वाचन गराउन खटिएका एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।
मतदान स्थलबाट हराएको ५६ बुक मतपत्र मध्ये ४४ वटा भेटिएको छ । ९ थान मतपत्र फेला नपरेको र त्यसलाई मुचुल्का गरेर जिल्ला निर्वाचन कार्यालयमा पठाउने सहमति भएको एसएसपी राठौरले बताए । सो मतदान स्थलमा बिहान ३ सय मत खसेपछि कर्मचारीलाई एउटा समूहले हातपात गर्न खोजेपछि विवाद भएको थियो । बिहान खसेको ३ सय सहित सो मतदान स्थलमा ८ सय मत खसेको छ ।
गोल्मेश्वर मावि मतदान स्थलमा विवाद गर्नेमा कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ता थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण