अमेरिकी दूतावासद्वारा नेपाली जनतालाई बधाई
बिहीबार, २१ फागुन २०८२, २० : २९
काठमाडौँ । नेपालमा बिहीबार सम्पन्न भएको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा नेपालस्थित अमेरिकी दूतावासले नेपाली जनतालाई बधाई दिएको छ ।
दूतावासले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरेको हो ।
सन्देशमा भनिएको छ, 'निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई हार्दिक बधाई। आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौँ।'
अमेरिकी दूतावासले लोकतान्त्रिक प्रक्रियामा नेपाली नागरिकको सक्रिय सहभागिताको प्रशंसा गर्दै आगामी दिनमा नेपाल र अमेरिकाबिचको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण