पाँच मतदान केन्द्रको मतपेटिका शुक्रबार ल्याइने
सारांश
- मनाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सम्पन्न भयो र मतपेटिका ल्याउने क्रम जारी छ।
- नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रको मतपेटिका शुक्रबार हेलिकप्टरबाट ल्याइनेछ।
- जिल्लामा शान्त र सौहार्दपूर्ण वातावरणमा मतदान सम्पन्न भयो र मतदाताको उत्साहजनक सहभागिता रह्यो।
मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सकिएको छ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रको मतपेटिका शुक्रबार ल्याइने भएको छ ।
मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले मनाङमा ५४.८० प्रतिशत मत खसेको जानकारी दिए । उनका अनुसार यहाँ कुल सात हजार मतदातामध्ये तीन हजार १६४ मत खसेको छ । महिला एक हजार ४०६ र पुरुष एक हजार ७५८ मतदाताले मतदान गरेका उनले बताए ।
“सहज भएको स्थानबाट मतपेटिका ल्याउने क्रम जारी रहेको छ”, उनले भने। प्रत्यक्षतर्फ एक हजार ३७५ महिला र एक हजार ५१७ पुरुषले मतदान गरेका छन् भने समानुपातिकतर्फ ३१ र पुरुष २१० गरी जम्मा २४१ मतदाताले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए।
“अहिले सम्भव नभएपछि मनाङको विकट क्षेत्र नार्पाभूमिको मतपेटिका शुक्रबार सेनाको हेलिकप्टरमार्फत ल्याइनेछ”, उनले भने । हालसम्म पनि सडक सञ्जालले नछोएको नार्पाभूमिको मतदान सकिए पनि भौगोलिक विकटताका कारण मतपेटिका ल्याउन सकस भएको उनले बताए ।
जिल्लामा शान्त तथा सौहाद्र्रपूर्ण वातावरणमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । “जिल्लामा सौहार्द्रपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । मतदाताको सहभागिता पनि उत्साहजनक रह्यो,” उनले भने ।
मनाङमा कुल मतदाता सात हजार रहेका थिए । अस्थायीसहित २९ मतदान केन्द्रमार्फत मतदाताले मतदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण